दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन केयूको पत्राचार « Khabarhub

दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन केयूको पत्राचार


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू)ले झापाको बिर्तामोडस्थित दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ ।

सर्वोच्च अदालतले काठमाडौं विश्वविद्याल र चिकित्सा शिक्षा आयोगका नाममा परमाादेश जारी गर्दै १५ दिनभित्र सम्बन्धन दिन आदेश दिएपछि केयूले यो निर्णय लिएको हो ।

सर्वोच्चको आदेशको पूर्णपाठ आएलगत्तै काठमाडौं विश्व विद्यालयले आइतबार कार्यकारी समितिको बैठकमार्फत चिकित्सा शिक्षा आयोगलाई सम्बन्धनका लागि सिफारिससहितको पत्र पठाएको हो ।

काठमाडौं विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा. मनोज हुमागाईंले सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिनू भनेर सर्वोच्चबाट परमादेश आएअनुसार आयोगलाई पत्राचार गरेको जानकारी दिए ।

यसअघि पनि सम्बन्धन दिन आफूहरूले पत्राचार गर्दा आयोगले रोकेको उनले बताए । यस पटक भने सर्वोच्च अदालतको परमादेशमै सम्बन्धन दिनू भनेर आदेश भएकाले त्यहीअनुसार आफूहरूले सिफारिससहित पत्राचार गरेको जानकारी उनले खबरहबलाई दिए । 

मेडिकल कलेज सञ्चालनका लागि सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै बीएन्डसीका सञ्चालक प्रसाईंले शिक्षा मन्त्रालय, काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलगायतलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

बीएन्डसीले २०६४ सालमा शिक्षा मन्त्रालयबाट आशयपत्र लिई पूर्वाधार निर्माण गरिसकेको छ । मेडिकल कलेज सञ्चालनका पूर्वतयारी पूरा गरे पनि उसलाई सरकारल सम्बन्धन दिन मानेको थिएन । 

चिकित्सा शिक्षा ऐन अनुसार सम्बन्धन पाउन बीएन्डसीले २०७६ सालमा आयोगमा निवेदन दिएको थियो । तर त्यतिबेला आयोगले आशयपत्र नवीकरण नभएको कारण देखाउँदै सम्बन्धन दिन अस्वीकार गरेको थियो ।

२०७६ /०७७ मा गरेको सम्बन्धन प्राप्तिको प्रयास सफल हुन नसकेपछि बीएन्डसीका सञ्चालक प्रसाईं ३ वटा रिट लिएर ०७७ अन्तिममा सर्वोच्च गएका थिए ।

सर्वोच्चले रिटको सुनुवाइमा अग्राधिकार दिँदै आदेश गरेको हो । शिक्षा मन्त्रालयबाट आशयपत्र लिएर मेडिकल कलेजको पूर्वाधार तयार पारे पनि पठनपाठनका लागि सम्बन्धन नपाएको उनले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ६ : १५ बजे

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत