१०० रुपैयाँ पर्ने सामान १० महिनामा ४ रुपैयाँ ४० पैसाले बढ्यो  « Khabarhub

१०० रुपैयाँ पर्ने सामान १० महिनामा ४ रुपैयाँ ४० पैसाले बढ्यो 


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १० महिना अगाडि १०० रुपैयाँ पर्ने सामानको मूल्यमा ४ रुपैयाँ ४० पैसाले मूल्य बढेको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा अहिले ३ प्रतिशतले मूल्य घटेको हो । चालु आर्थिक वर्षको १० महिनामा उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४० रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरूको ७।२५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ ।

२०८१ वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.६८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३१ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १०.४० प्रतिशत, ३.७१ प्रतिशत र १.७६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ६ : ०२ बजे

कोशि सरकारद्वारा मन्त्रिपरिषदको कार्यसम्पादनलाई सहयोग गर्न समिति गठन

काठमाडौं– कोशी प्रदेश सरकारले मन्त्रिपरिषदको कार्यसम्पादनलाई सहयोग गर्न विभिन्न समिति

सशस्त्रद्वारा विपद् व्यवस्थापनका लागि जनशक्ति तयार

टक्सार– भोजपुरमा विपद् व्यवस्थापनका लागि जनशक्ति तयार पारिएको छ ।

रास्वपाको कडा नियम : आफूखुसी उम्मेदवारी घोषणा गर्दै फेसबुकमा लेख्न नपाइने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी एक्ला एक्लै वार्ता, मुख्य एजेन्डा चुनाव

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा

निर्वाचनमा रास्वपा संयमित हुन जरुरी छ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनको समयमा