‘सवारी दुर्घटना न्यूनीकरण सरकारको प्राथमिकतामा’ « Khabarhub

‘सवारी दुर्घटना न्यूनीकरण सरकारको प्राथमिकतामा’


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्सेनि बढ्दो सवारी साधन दुर्घटनाका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न निरोधात्मक उपायको खोजी गर्ने उद्देश्यका साथ राष्ट्रियसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ ।

राष्ट्रियसभाका सदस्य सोनामा गेल्जेन शेर्पा प्रस्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाया, भगवती न्यौपाने, मदनकुमारी शाह (गरिमा) र शेखरकुमार सिंह समर्थक रहेको सो प्रस्तावमाथि छलफल भएको हो ।

छलफलमा सहभागी हुँदै सदस्य श्रीकृष्णप्रसाद अधिकारीले सवारी दुर्घटनाका कारण मानव र भौतिक क्षतिको मात्रामा बढोत्तरी भएकाले त्यसलाई नियन्त्रण गर्न सडक सुधार गर्नुपर्ने, ट्राफिक नियम पालनामा कडाइ गर्नुपर्ने, सवारी साधनलाई तन्दुरुस्त राख्नेलगायतका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

सांसद पदमबहादुर परियारले सडक दुर्घटनाका कारण अकालमा ज्यान गुमाउने नागरिकको परिवारमा ठूलो मानसिक आघात हुने, अपाङ्गता हुने क्रममा वृद्धि भएको उल्लेख गरे।

त्यस्तै बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

सो प्रस्तावलाई सभाको सर्वसम्मतिले स्वीकृत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २९ गते मंगलबार १.१५ बजे बस्नेछ । 

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ६ : ३८ बजे

पोल्ने मात्र होइन, रोगसँग लड्ने वनस्पति पनि हो सिस्नो

काठमाडौं– धेरैले सिस्नो खानेभन्दा सजाय दिने वनस्पति भन्ने सोच्छन् । 

सुनको मूल्य ३ लाख माथि पुग्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

ट्रम्पले चेतावनी दिँदै नेतन्याहूलाई भने : सावधानी अपनाऊ, नत्र विश्व जगतमा एक्लै पर्छौ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानविरुद्ध

भूपू गोर्खाको समस्या समाधानमा परराष्ट्र मन्त्रीको अग्रसरता, बेलायतका दुई मन्त्रीसँग संवाद

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका लामो समयदेखि

मैदानमै ढलेका एरिक्सन अस्पतालबाट घर फर्किएपछि भने, ‘मेरो स्वास्थ्य सुधार हुँदैछ’

कोपनहेगन- डेनमार्कका स्टार फुटबलर क्रिस्चियन एरिक्सन मैत्रीपूर्ण फुटबलका क्रममा मैदानमा