लोसपा उपाध्यक्ष सोनलको प्रस्ताव – मधेसकेन्द्रित दलहरू अब एकठाउँमा उभिऔँ « Khabarhub

लोसपा उपाध्यक्ष सोनलको प्रस्ताव – मधेसकेन्द्रित दलहरू अब एकठाउँमा उभिऔँ


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उपाध्यक्ष जितेन्द्र सोनलले मधेस केन्द्रित दललाई एकठाउँमा उभिन अपिल गरेका छन् ।

 जसपा नेपालको एकताको राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सोनलले मधेस केन्द्रित शक्तिमाथी पछिल्लो समय प्रहार भइरहेकाले सो को सामना गर्नका लागि एकठाउँमा उभिन अपिल गरे ।

 पछिल्लो समय हामी कमजोर हुँदै गइरहेका छौँ, सोनलले भने ‘राजनीतिमा कमजोर वा मजबुत हुने क्रम चलिरहन्छ, पछिल्लो समय हामी कमजोर भएका छौँ, फेरी मधेसमा एउटा सशक्त राजनीतिक शक्तिको आवश्यकता छ ।’ 

उनले मधेसका सम्पूर्ण शक्तिलाई पुनर्विचार गरी मधेस केन्द्रित दलहरूलाई सशक्त राजनीतिक शक्ति निर्माण गर्न तर्फ केन्द्रित हुन आग्रह गरे । 

सोनलले मुलुकमा संघीयता, गणतन्त्र र विभिन्न आन्दोलनबाट प्राप्त अधिकार खोस्ने षडयन्त्र तर्फ सबै सचेत हुनु आवश्यक रहेको बताए । 

उनले नेपालको प्रत्येक परिवर्तनको आन्दोलनमा मधेसको भूमिले अग्रणी भूमिका रहेकाले संघीयतालाई बचाउन मधेसका सम्पूर्ण नागरिक अन्तिम क्षणसम्म लडी रहने अठोट व्यक्त गरे ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ७ : १३ बजे

कुष्ठ प्रभावित व्यक्तिलाई आर्थिक सहयोग प्रदान

काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट

ट्रम्पले भने : इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न दिँदैनौं

वाशिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र