सुदूरपश्चिम प्रदेश सरकार विस्तार, सात मन्त्री थपिए « Khabarhub

सुदूरपश्चिम प्रदेश सरकार विस्तार, सात मन्त्री थपिए


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले आज मौजुदा मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन गरेका छन् ।

नेपालको संविधानको धारा १६८को उपधरा (९)बमोजिम गरिएको नियुक्ति र कार्यविभाजनअनुसार सुरेन्द्रबहादुर पाल आर्थिक मामिला मन्त्रीमा र ओमविक्रम भाट सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन् ।

यसैगरी अक्कलबहादुर रावल, वीरबहादुर थापा, लक्ष्मी विक, माया पन्त र हीरा सार्की विनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख मियाँले नवनियुक्त मन्त्रीलाई आजै पद तथा गोपनीयताको शपथ गराए ।

मुख्यमन्त्री सोडारीले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैँसँग राखेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा टीका थापा पहिले नै नियुक्त भएका थिए ।

आर्थिक मामिला मन्त्रीमा नियुक्त पाल तथा विनाविभागीय मन्त्रीमा नियुक्त थापा र सार्की नेकपा (एमाले), समाजिक विकास मन्त्रीमा नियुक्त भाट, विनाविभागीय मन्त्रीमा नियुक्त रावल र विक नेकपा (माओवादी केन्द्र) तथा विनाविभागीय मन्त्री माया पन्त नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नियुक्त भउका हुन् ।

त्यस्तै भौतिक पूर्वाधारमन्त्री चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री थापा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुन् । उक्त पार्टीका अन्य पाँच सदस्य भने प्रतिपक्षीको भूमिकामा छन् ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ९ : २८ बजे

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा