युवतीको अश्लील भिडियो बनाएको आरोपमा दुईजना पक्राउ « Khabarhub

युवतीको अश्लील भिडियो बनाएको आरोपमा दुईजना पक्राउ


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

कैलाली – धनगढीमा युवतीको अश्लील भिडियो बनाएको आरोपमा मोबाइल ग्यालरीका सञ्चालकसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढीस्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशीष मोबाइल ग्यालरीका सञ्चालक धनगढी–१ का शल्ताज आलम र त्यहीँ काम गर्ने १३ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कविन्द्रबहादुर बोहराले जानकारी दिए ।

उनीहरूले मर्मत गर्न दिएको मोबाइलमा मोबाइल धनीको बहिनीको मुखाकृति जोडी अश्लिल भिडियो, फोटो बनाइ मोबाइल धनीको फेसबुक म्यासेन्जरमा पठाएको खुलेको छ ।

मोबाइल धनीको फेसबुक आइडी आफैँले चलाइ विभिन्न अश्लील साइट सर्च गरेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको बोहराले बताए ।

पीडित युवतीले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ९ : ५० बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा