गण्डकीमा देवकोटा र मनाङे मन्त्री बन्दै « Khabarhub

गण्डकीमा देवकोटा र मनाङे मन्त्री बन्दै


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

प्रदेशसभामा हिजो विश्वासको मत लिएसँगै पाण्डेले माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्री बनाउने तयारी गरेका हुन् । मनाङे छैटौँ पटक मन्त्री बन्न लागेका हुन् ।

सर्वोच्चको परमादेशमा जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले यसअघि नै कांग्रेसका टकराज गुरुङ आर्थिक मामिला र विन्दुकुमार थापा उर्जा मन्त्रालयको जिम्मेवारी दिइसकेका छन् ।

सरकारलाई विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने भएको छ ।

आज मन्त्रिपरिषद विस्तार लगत्तै दिउँसो ३ बजे गण्डकी प्रदेशको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।

माओवादीको चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले ह्वीप अस्वीकार गर्दै मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए ।

देवकोटाले फ्लोर क्रस गरेको भन्दै माओवादीले कारबाही गर्ने बताएको छ । नेपाल समाजवादी पार्टीले भने देवकोटालाई कारवाही गर्न नमिल्ने बताएको छ ।

 

 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ११ : ०७ बजे

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री