एमालेको माग : भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ « Khabarhub

एमालेको माग : भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमण र त्यस क्रममा भएको छलफलबारे सदनमा जानकारी गराउन माग गरेका हुन् ।

उनले भारतमा जुनसुकै दलको सरकार आए पनि नेपाललाई दमन गर्ने नीति अपनाएको बताए । पन्तले भारतलाई नेपालले हेर्ने नीति के हो भन्दै सरकारसँग प्रश्न गरे ।

भारतले नै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई निष्कृय पार्न खोजिएको उल्लेख गरे ।

सार्कको अध्यक्षको हैसियतले नेपालले यसबारेमा भारतसँग छलफल गर्नुपर्ने पनि पन्तले बताए ।

अहिले पनि नेपाल-भारत सीमाको समस्या, ईपिजीको मुद्दा जस्ताको तस्तै रहेकोले प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएका छलफलका बिषय जानकारी गराउन रुलिङका लागि पन्तले माग गरे ।

आइतबार भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भई प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  १२ : ११ बजे

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी