भन्सार छलि लैजान लागेको पहेँलो धातुसहित दुई जना विमानस्थलबाट पक्राउ « Khabarhub

भन्सार छलि लैजान लागेको पहेँलो धातुसहित दुई जना विमानस्थलबाट पक्राउ


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पाँचथर फालेजुङ गाउँपालिका–३ घर भएका ३२ वर्षीय दिलु सुब्बा र सिन्धुली कमलामाई नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने ३९ वर्षीय भविमान ठोकर रहेका नेपाल प्रहरीद्वारा सार्वजनिक समाचार बुलेटिनमा उल्लेख छ । 

हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका सुब्बालाई भन्सार छली गर्न लगाई ठोकरले सिक्री एक थान, आईफोन १३ प्रो म्याक्स एक थान, रेडमि मोबाइल तीन थान, डेल ल्यापटप दुई थान र एक थान एयरपोड प्रो चारसहित सङकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हिजो पक्राउ गरिएको हो । 

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ३ : ०५ बजे

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद