जसपा महाधिवेशन : उपेन्द्रको राजनीतिक प्रतिवेदन सुझावसहित पारित « Khabarhub

जसपा महाधिवेशन : उपेन्द्रको राजनीतिक प्रतिवेदन सुझावसहित पारित

जनमत पार्टीलाई प्रमुख शत्रुका रुपमा किटान गर्न सुझाव


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन केही सुझावसहित सर्वसम्मले पारित भएको छ।

कुल ३१ पृष्ठको उक्त प्रतिवेदन अध्यक्ष यादवले जनकपुरमा जारी महाधिवेशनको बन्द सत्रमा प्राप्त सुझावलाई समेटेर संशोधन गरिने बताएका छन् ।

अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि महाधिवेशनको बन्द सत्रमा समूहगत छलफल सुरु भएको थियो । प्रतिवेदनउपर छलफल गर्न प्रतिनिधिहरूलाई विभिन्न दशवटा समूहमा विभाजन गरिएको थियो ।

यसैगरी, पूर्वमन्त्री विजय यादवले पेश गरेका पार्टीको आय-ब्यय प्रतिवेदन र लेखा आयोग प्रमुख अमरेश नारायण सिंहले प्रस्तुत गरेका पार्टीको लेखा परिक्षण पनि सर्वसम्मतले पारित भएको छ।

राजनीतिक प्रतिवेदनमा प्राप्त सुझाव :

१. तराई/मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन पार्टीले ठोस नीति र पहलकदमी लिनुपर्ने,

२. पार्टीको नारामा ‘पहिचान’ शब्द समेटनु पर्ने,

३. मधेश प्रदेशलाई पार्टीको मुख्य आधार क्षेत्र किटान गरी देशैभरी संगठन निर्माण अभियानलाई तिब्र बनाउनु पर्ने,

४. जसपा नेपालमाथि मात्रै खनिने र आक्रमण गर्दै आएको जनमत पार्टीलाई मुख्य शत्रु किटान गर्नुपर्ने,

५. लोसपा लगायतका विचार मिल्ने लोकतान्त्रिक एवम् उदारवादी पार्टीसँग एकता गरी जसपा नेपाललाई थप बलियो बनाउनु पर्ने,

६. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जाने नीति पारित गर्नुपर्ने,

७. संविधान र पार्टीको विधानमा ब्यवस्था गरिएको ३३ प्रतिशत महिला सहभागिताको नीतिलाई पार्टीको हरेक निकायमा लागू गर्नु पर्ने,

८. विदेशी एवम् छिमेकी सँगको सम्बन्ध र नीति बारे पार्टी प्रस्ट हुनु पर्ने, खासगरी छिमेकी मुलुक भारतसँग सम्बन्ध सुधारका लागि स्पष्ट नीति ल्याउनु पर्नेमा जोड,

९. पूर्वी नेपालमा पहिचानमा आधारित प्रदेश निर्माण र कोशी नाम खारेजीको लागि आन्दोलन घोषणा गर्नु पर्ने,

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ८ : ०० बजे

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री

गृहमन्त्रीले प्रतिनिधिसभामा पेस गरे तीन अध्यादेश, अर्को बैठक चैत्र २२ गते

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका

संसदको पहिलो सम्बोधनमा हर्क साम्पाङले के भने ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफ्नो