जसपा महाधिवेशन : उपेन्द्रको राजनीतिक प्रतिवेदन सुझावसहित पारित | Khabarhub Khabarhub

जसपा महाधिवेशन : उपेन्द्रको राजनीतिक प्रतिवेदन सुझावसहित पारित

जनमत पार्टीलाई प्रमुख शत्रुका रुपमा किटान गर्न सुझाव


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन केही सुझावसहित सर्वसम्मले पारित भएको छ।

कुल ३१ पृष्ठको उक्त प्रतिवेदन अध्यक्ष यादवले जनकपुरमा जारी महाधिवेशनको बन्द सत्रमा प्राप्त सुझावलाई समेटेर संशोधन गरिने बताएका छन् ।

अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि महाधिवेशनको बन्द सत्रमा समूहगत छलफल सुरु भएको थियो । प्रतिवेदनउपर छलफल गर्न प्रतिनिधिहरूलाई विभिन्न दशवटा समूहमा विभाजन गरिएको थियो ।

यसैगरी, पूर्वमन्त्री विजय यादवले पेश गरेका पार्टीको आय-ब्यय प्रतिवेदन र लेखा आयोग प्रमुख अमरेश नारायण सिंहले प्रस्तुत गरेका पार्टीको लेखा परिक्षण पनि सर्वसम्मतले पारित भएको छ।

राजनीतिक प्रतिवेदनमा प्राप्त सुझाव :

१. तराई/मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन पार्टीले ठोस नीति र पहलकदमी लिनुपर्ने,

२. पार्टीको नारामा ‘पहिचान’ शब्द समेटनु पर्ने,

३. मधेश प्रदेशलाई पार्टीको मुख्य आधार क्षेत्र किटान गरी देशैभरी संगठन निर्माण अभियानलाई तिब्र बनाउनु पर्ने,

४. जसपा नेपालमाथि मात्रै खनिने र आक्रमण गर्दै आएको जनमत पार्टीलाई मुख्य शत्रु किटान गर्नुपर्ने,

५. लोसपा लगायतका विचार मिल्ने लोकतान्त्रिक एवम् उदारवादी पार्टीसँग एकता गरी जसपा नेपाललाई थप बलियो बनाउनु पर्ने,

६. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जाने नीति पारित गर्नुपर्ने,

७. संविधान र पार्टीको विधानमा ब्यवस्था गरिएको ३३ प्रतिशत महिला सहभागिताको नीतिलाई पार्टीको हरेक निकायमा लागू गर्नु पर्ने,

८. विदेशी एवम् छिमेकी सँगको सम्बन्ध र नीति बारे पार्टी प्रस्ट हुनु पर्ने, खासगरी छिमेकी मुलुक भारतसँग सम्बन्ध सुधारका लागि स्पष्ट नीति ल्याउनु पर्नेमा जोड,

९. पूर्वी नेपालमा पहिचानमा आधारित प्रदेश निर्माण र कोशी नाम खारेजीको लागि आन्दोलन घोषणा गर्नु पर्ने,

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ८ : ०० बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : घरेलु टोली कास्कीको लगातार दोस्रो जित

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष

भारतीय विमान दुर्घटनामा ज्यान गुमाएका २०० भन्दा बढीको सनाखत

अहमदाबाद – एयर इन्डियाको विमान दुर्घटनामा परी ज्यान गुमाएका कम्तीमा

संसदीय अभ्यास : रास्वपालाई सिकाउने कि सिक्ने ?

काठमाडौं– गत निर्वाचन (०७९) बाट नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र

सिन्धुपाल्चोकको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कमजोर

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक र सोको

आजका समाचार : नेपालमा एमसीसी नरोकिने, दीपक मनाङेको सांसद पद खारेज र अमेरिकासामु आत्मसमर्पण गर्न मानेन इरान

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाईप्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी