टी–२० विश्वकप : एक सय सात रनको लक्ष्य पछ्याउँदै पाकिस्तान | Khabarhub Khabarhub

टी–२० विश्वकप : एक सय सात रनको लक्ष्य पछ्याउँदै पाकिस्तान


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क । आईसिसी टी–२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा क्यानडाले पाकिस्तानलाई एक सय सात रनको लक्ष्य दिएको छ ।

नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको हो ।

उसका लागि एरोन जोनसनको अर्धशतक प्रहार गरे । ४४ बलको सामना गरेका उनले चार चौका र चार छक्कासहित ५२ रन बनाए । त्यस्तै कलिम सानाले १४ बलमा १३ रन बनाए । कप्तान साद बिन जाफरले १० रन आउट भए ।

पाकिस्तानका ह्यारिस राउफ र मोहम्मद आमिरले दुईदुई विकेट लिए । जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । क्यानडाले आयरल्याण्डलाई पराजित गरेको हो भने अमेरिकासँग हार बेहोरेको छ ।

त्यस्तै पाकिस्तानले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । पाकिस्तानले अमेरिका र भारतसँग हार बेहोरेको छ । पाकिस्तानले यस अघिका दुवै खेलमा हार बेहोरेको हुनाले यो खेल जित्नैपर्ने दबाबमा रहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  १० : २५ बजे

तीन दिन रोकिएको कांग्रेस केन्द्रीय समिति बैठक पुन: सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सानेपामा सुरु भएको छ ।

सरकारी अस्पतालमा तीन वर्ष आमा कुर्दाको कष्ट

लामो समयदेखि मिर्गौला पीडित आमाको डाइलासिस गराइरहेका तिलक विश्वकर्माले गत

एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक, ८ हजार ७ सय ७२ जना उत्तीर्ण 

काठमाडौं– चिकित्सा शिक्षाको एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८ हजार बढि

कुलमानसँग कुरा नमिलेपछि ‘नेपाल जनसेवा पार्टी’ दर्ता गर्दै सुदन, बालेन र समुना पनि जोडिने

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ र जेन-जी आन्दोलनबाट उदाएका सुदन गुरुङ्बीच

स्विस दूतावासमा चितुवा छिरेपछि…

ललितपुर- जावलाखेलस्थित चिडियाखाना नजिकैको स्विटजरल्याण्ड दूतावासभित्र देखिएको चितुवालाई प्रहरी तथा