एमाले सांसदले लगाए अमेरिका पुगेका क्यान पदाधिकारीमाथि भ्रष्टाचार आरोप « Khabarhub

एमाले सांसदले लगाए अमेरिका पुगेका क्यान पदाधिकारीमाथि भ्रष्टाचार आरोप

खेलाडीलाई होटलमा उभ्याएर चन्दा उठाएको दाबी


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद भीम आचार्यले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले अमेरिकामा आर्थिक अनियमितता गरेको भन्दै छानबिनका लागि माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले क्यानका पदाधिकारीले अमेरिकामा अवैध रुपमा सहयोग संकलन गर्ने र उनीहरूको मिलोमतोमा महंगोमा नेपालको जर्सीसमेत बेचिरहेको गुनासो आएकाले छानबिन समिति बनाउन माग गरेका हुन् ।

उनले विश्वकप खेल्ने नेपाली खेलाडीलाई होटलमा उभ्याएर चन्दा उठाएको आरोप पनि लगाए ।

खेलाडीले हस्ताक्षर गरेका खेल सामाग्रीहरू पनि मर्यादाहीन ढंगले बेचेर त्यसको लाभ क्यान पदाधिकारीले लिएको उनको आशंका जनाए ।

त्यस्तै उनले क्यानको कमजोरीका कारण सन्दीप लामिछानेले समयमै विश्वकप खेल्न नपाएको बताए । नेपाली टीमलाई पराजित गर्न क्यान पदाधिकारी नै लागेको उनले बताए ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  १ : ३५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका