कांग्रेसलाई सरकारमा जान हतार छैन : शेखर कोइराला | Khabarhub Khabarhub

कांग्रेसलाई सरकारमा जान हतार छैन : शेखर कोइराला


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौँ केन्द्रीय अधिवेशनको आज उद्घाटन गर्दै नेता कोइरालाले राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा पटक पठक सरकार परिवर्तन भएका बताए । 

नेता कोइरालाले भने, ‘राजनीति वा सरकारको स्थिरता नभई आर्थिक स्थिरता र सुशासनसँगै समृद्धि हाँसिल गर्न सकिदैन ।’

मुलुकमा सुशासन र स्थायित्व कायम गर्न भ्रष्टाचार न्यूनीकरण, स्थायी सरकार र नीति आवश्यक पर्ने नेता कोइरालाको भनाइ थियो । राजनीतिक दल विभाजन गर्ने र नेतालाई दुःख दिने नियतले आपराधिक किसिमका कार्य भइरहेकाले राजनीतिक दलले यस विषयमा गम्भिर छलफल गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए ।

सुशासन, पारदर्शिता र भ्रष्टाचारका विषयमा छिनोफानो नभई देश विकास र समृद्धितर्फ जान नसक्ने उल्लेख गर्दै नेता कोइरालाले राजनीतिक स्थिरताका लागि अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीबारे समेत पुनर्विचार गर्न आवश्यक रहेको धारणा राखे । 

उनले सरकारी र निजी क्षेत्रको स्वामित्वको अवधारणामा रहेर सञ्चालित, युवापुस्ता र महिला कर्मचारीको उदाहरणीय उपस्थिति रहेको देशको सबैभन्दा पुरानो नेपाल बैंक लिमिटेडको भविष्य उज्ज्वल रहेको बताए।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ५ : २७ बजे

दिपक समिरको कथा संग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ सार्वजनिक

काठमाडौं – संचारकर्मी दिपक समिरद्वारा लेखिएको कथा संग्रह ‘मुना–मदनको डिभोर्स

स्कार्पियोबाट ७११ किलो गाँजा बरामद, चालक फरार

काठमाडौं- प्रहरीले स्कार्पियोमार्फत् तस्करी गरिँदै गरेको ७११ किलो गाँजा बरामद

आजका समाचार : खानेपानी मन्त्रालयमा आगलागी, २०८४ ओवादीको हुनेमा प्रचण्ड ढुक्क र २७ वर्षपछि भाजपाको ‘कमब्याक’

बिना दबाबमा काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रहप्रधानमन्त्री केपी शर्मा ओलीले

मुख्यमन्त्री सिंहको निर्देशन- बिना स्वीकृति चलाइएका अस्पताल बन्द गर्नू

जनकपुरधाम– जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पुरा नगरी

इन्टर स्कुल राष्ट्रिय स्केट प्रतियोगिता सम्पन्न

काठमाडौं– काठमाडौमा ज्ञान संस्कार इन्टर स्कुल राष्ट्रिय स्केट प्रतियोगिता सम्पन्न भएको