सिंहदरबारमै बालश्रम शोषण, उद्धार गर्न पुग्यो महानगर (तस्बिरहरु) « Khabarhub

सिंहदरबारमै बालश्रम शोषण, उद्धार गर्न पुग्यो महानगर (तस्बिरहरु)


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व बाल श्रम- विरुद्धको दिवस । बालबालिकालाई विभिन्न घरेलु काममा लगाउनु र विभिन्न होटल र रेष्टुरेन्टमा काम गर्नु कानुनी अपराध मानिन्छ ।

यसै सन्दर्भमा कानूनको पालना र कानून बनाउने निकाय होस् भन्ने सुनिश्चित गर्न संघीय सरकारको केन्द्र सिंहदरबारबाट काठमाडौं महानगरपालिकाको बाल उद्धार टोलीले बालश्रम शोषणमा परेका बालबालिकाको उद्धार गरेको छ ।

महानगरले सिंहदरबारभित्रका क्यान्टिनहरुबाट ४ जना बालश्रमिकहरुलाई उद्धार गरेको छ । यसरी उद्धार गरिएका १८ बर्षमुनिका २ जना बालक र २ जना बालिका रहेका छन् । 

उनीहरुमध्ये २ जना बालिकालाई सेन्ट्रल क्यान्टिनका रुपमा सञ्चालन भएको स्थानबाट १ जना बालकलाई उद्योग मन्त्रालयको क्यान्टिनबाट र अर्को १ जना बालकलाई उर्जा, जलस्रोत तथा सिँचाइँ मन्त्रालयको क्यान्टिनबाट उद्धार गरिएको बाल कल्याण अधिकारी शान्ता पहाडीले जानकारी दिइन्।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ६ : ५३ बजे

टिग्रेमा तनाव बढेपछि इथियोपियन एयरलाइन्सका उडान रद्द

एजेन्सी– इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा सङ्घीय र क्षेत्रीय सेनाबीच पुनः

पाकिस्तान–अफगानिस्तान सीमामा फेरि तनाव

पेसावर- पाकिस्तानका स्थानीय अधिकारीहरूले अफगान तालिवान सेनाले रातभर पाकिस्तानी सीमा चौकीमा

भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता

सुदूरपश्चिम– यही असोज ९ देखि ११ गतेसम्म सुदूरपश्चिमसहित यहाँका विभिन्न

कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा– भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले