उत्तरी इजरायलमा हिजबुल्लाहद्वारा रकेट प्रहार | Khabarhub Khabarhub

उत्तरी इजरायलमा हिजबुल्लाहद्वारा रकेट प्रहार


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि धेरै ठाउँमा आगो लागेको छ । हिजबुल्लाहले उत्तरी इजरायलमा लेबनानबाट दर्जनौं रकेट प्रहार गरेको जनाएको छ ।

हिजबुल्लाहले इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ कमाण्डरको मृत्युको प्रतिक्रियास्वरूप यो हमला गरेको जनाएको हो । इजरायली हवाई आक्रमणमा हिजबुल्लाह कमाण्डर तालेब अब्दुल्लाहसहित चार जनाको मृत्यु भएको थियो ।

इजरायल र हिजबुल्लाहबीचको आठ महिना लामो भिडन्तमा मारिएका अब्दुल्लाह हिजबुल्लाहका सबैभन्दा वरिष्ठ कमाण्डर हुन् । हिजबुल्लाहका अनुसार यी रकेटहरू इजरायली सैन्य अड्डाहरू र सैन्य कारखानाहरूलाई लक्षित गरी प्रहार गरिएको छ ।

उही समयमा, इजरायली सेनाले लेबनानी पक्षबाट करिब ९० रकेट प्रहार गरिएको जनाएको छ । इजरायलले अधिकांश रकेट हावामा खसालेको दाबी गरेको छ ।

इजरायलका अनुसार विभिन्न ठाउँमा धेरै रकेट खसेकाले धेरै ठाउँमा आगो लागेको छ । गाजामा इजरायल र हमासबीच युद्ध चलिरहेको बेला बेला बेलामा हिजबुल्लाहले युद्ध सुरु भएदेखि नै लेबनानबाट इजरायलको उत्तरी सीमामा आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ८ : ०८ बजे

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल