अमेरिकाविरुद्ध पनि चल्न सकेनन् रोहित र कोहली « Khabarhub

अमेरिकाविरुद्ध पनि चल्न सकेनन् रोहित र कोहली


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आईसीसी टी–२० विश्वकपअन्तर्गत भारत र अमेरिकाको खेल अहिले जारी छ ।

अमेरिकाले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको भारतका दुवै ओपनर आउट भएका छन् । कप्तान रोहित शर्मा छ बलमा तीन रन बनाएर आउट भएका हुन् भने विराट कोहली शुन्य रनमा आउट भए । ताजा अवस्थामा भारतले पाँच ओभरको खेल सकिँदा दुई विकेटको क्षतिमा २६ रन बनाएको छ ।

यसअघि अमेरिकी शहर न्युयोर्कस्थित नासाऊ काउन्टी अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रनमात्र बनायो ।

अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए। स्टिभन टेलर्सले २४ रन तथा कोरी एन्डरसनले १५ रन बनाए ।

भारतका लागि अर्शदीप सिंहले चार विकेट लिए। हार्दिक पाण्ड्याले २ विकेट र अक्षर पटेलले १ विकेट हात पारे।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  १० : ४२ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण