वेस्ट इन्डिज विश्वकपको ‘सुपर ८’ मा : न्युजिल्यान्ड १३ रनले पराजित « Khabarhub

वेस्ट इन्डिज विश्वकपको ‘सुपर ८’ मा : न्युजिल्यान्ड १३ रनले पराजित


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप समूह ‘सी’को वेस्ट इन्डिज ‘सुपर ८’ मा प्रवेश गरेको छ। बिहीबार बिहानको खेलमा न्युजिल्यान्डविरुद्धको खेलमा १३ रनको शानदार जित निकाल्दै वेस्ट इन्डिज ‘सुपर ८’ मा पुगेको हो।

वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३६ रनमा समेटियो। सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४९ रन बनाएको थियो।

बल रोक्ने प्रयास गर्दै वेस्ट इन्डिजका आन्द्रे रसेल । तस्बिरः क्रिकइन्फो

न्युजिल्यान्डलाई सस्तैमा समेट्न वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले १९ रन खर्चिए। गुडाकेश मोतीले तीन विकेट लिए भने आन्द्रे रसेल र अकेल होसेनले एकएक विकेट हात पारे।

टस जितेर न्युजिल्यान्डले फिल्ड रोजेपछि वेस्ट इन्डिजले सुरुमा ब्याटिङ गरेको थियो। वेस्ट इन्डिजका सुरुवाती कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेका थिएनन्।

वेस्ट इन्डिजका लागि छैटौं क्रममा आएका शेर्फेन रदरफोर्डले १९ र २० औं ओभरमा विष्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक बनाएका थिए। उनले १९ औं ओभरमा तीन छक्का प्रहार गरे भने अन्तिम ओभरमा दुई चौका र एक छक्का प्रहार गरे। ३९ बलको सामना गरेका उनले २ चौका र ६ छक्काको मदद्तमा नटआउट सर्वाधिक ६८ रन बनाए।

वेस्ट इन्डिजका लागि ओपनर जोनसन चार्ल्स शून्यमा आउट हुँदा ब्रान्डन राजाले १२ बलको सामना गर्दै ९ रन जोडे। तेस्रो क्रमका ब्याट्सम्यान निकोलस पुरनले चार चौकाको मदद्तमा १२ बल खेल्दै १७ रन जोडे भने चौथोक्रममा आएका रोस्टन चेस शून्यमा आउट भए।

कप्तान रोभम्यान पावेल पाँच बलको सामना गर्दै १ रन बनाएर आउट हुँदा अकेल होसेनले १७ बलको सामना गरेर १५ रन जोडे भने आन्द्रे रसेल सात बलमा १४ रन बनाएर आउट भए। रोमारियो शेफर्डले १३ बलमा १३ रन जोडे। अल्जारी जोसेफ ६ रन थपे।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चिएर तीन विकेट लिएका थिए। टिम साउथी र लकी फर्ग्युसनले समान दुईदुई विकेट हात पारेका थिए भने जेम्स निशम, मिचेल सेन्टनरले समान एकएक विकेट लिएका थिए।

१५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४० रन बनाए। उनले ३३ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। फिन एलनले २६ रन जोडे। मिचेल सेन्टनरले नटआउट तीन छक्काको मद्दतमा २१ रन जोडे। न्युजिल्यान्डका लागि अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।

समूह ‘सी’ तीन खेलमा लगातार विजयी हुँदै ६ अंकसहित वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको हो। तालिकाको दोस्रो स्थानमा रहेको अफगानिस्तानले चार अंक जोडेको छ। न्युजिल्यान्ड भने दोस्रो खेलमासमेत जितबिहीन बनेको छ।

यो समूहमा तीन खेल खेलेको युगान्डाले दुई अंक जोडेको छ। पपुवा न्युगिनी भने अंकबिहीन छ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १० : ०९ बजे

महावीरले मागेको मन्त्रालय पाउँदा रास्वपाकै सांसद जिल्लिए

काठमाडौं- झण्डै दुईतिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको बलियो

जेन-जी आन्दोलनमा लागेका फौजदारी मुद्दा फिर्ता लिँदै गृहमन्त्री

काठमाडौं- दोस्रो पटक गृहमन्त्रीको कुर्सीमा पुगेका सुधन गुरुङले गत २०८२

अर्थमन्त्रीको स्पष्टीकरण : आर्थिक विधेयकमा करका दर हेरफेर भएको छैन, ईभी आयातमा सूचना चुहाएको आरोप पनि गलत

काठमाडौं- अर्थ मन्त्रालयले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर भ्रमपूर्ण प्रचार

कास्कीपछि पर्साबाट पनि रविलाई राहत, गम्भीर अपराधको मुद्दा अघि नबढ्ने

वीरगन्ज- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको ‘संगठित