इमरान खान, कुरेसीलगायत पीटीआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर « Khabarhub

इमरान खान, कुरेसीलगायत पीटीआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंइस्लामाबादको एक पुनरावेदन अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र पार्टीका वरिष्ठ नेता शाह महमूद कुरेसी स्वतन्त्रताका लागि प्रदर्शन (आजादी मार्च) मुद्दामा निर्दोष ठहरीएका छन्।

न्यायाधिकारी मलिक मुहम्मद इमरानले पूर्वप्रधानमन्त्री खान, शाह, कुरेशीअवामी मुस्लिम लिग (एएमएल) का प्रमुख शेख रशीद निर्दोष ठहरिएको जानकारी गराए। 

अदालतले सदाकत अब्बासी र अली नवाज अवानलाई आजादी मार्चको मुद्दाबाट मुक्त गर्न पनि आदेश दिएको छ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान, शाह कुरेशीअन्यसहित पिटिआईका धेरै नेतालाई प्रहरीले आजादी मार्चसँग सम्बन्धित विभिन्न प्रारम्भिक घटनामा मुद्दा दर्ता गरेको छ ।

एक रिपोर्ट अनुसार प्रहरी र पिटिआई नेताबिच झडप भएपछि हिंसा फैलाउन खोजेको आरोपमा प्रहरीले वरिष्ठ नेता र कार्यकर्ताविरुद्ध ४२ वटा मुद्दा दर्ता गरेको थियो ।

सन् २०२२ मे २५ मा स्वतन्त्रता (हकीकी आजादी) का लागि इमरान खानको पदयात्रा मार्च अघि अधिकारीले धारा–१४४ लागू गरी भेला रोक्ने उपाय गरेको पाकिस्तानी अङ्ग्रेजी पत्रिका डनले जनाएको छ । 

आन्दोलनकारीले पदयात्रा अवरुद्ध गर्न प्रमुख मार्गहरूमा ढुवानी कन्टेनरहरू राखेको अधिकारीले बताएका छन् । 

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गर्दा अश्रु ग्याँसको सामना गर्नु परेको र उनीहरूमाथि लाठीचार्ज  भएको डनले जनाएको थियो ।  

यस महिनाको सुरुमा इस्लामाबाद उच्च अदालतले इमरान खान र कुरेसीलाई गोप्य कागजात सार्वजनिक गरेको आरोप लगाइएको मुद्दामा निर्दोष ठहर गरेको थियो 

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ३ : ०२ बजे

सेवालाई नवीनतम प्रविधिमा अब्बल बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र मेसिनहरूले मात्र अबको

वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्रचार

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन

मन्त्रिपरिषद् निर्णय : संसद्को ‘बिजनेस’का लागि अधिवेशन स्थगन

काठमाडौं– मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ

अर्थशास्त्री डा. सुधनकुमार ओलीलाई ४ प्रश्न

काठमाडौं– पछिल्लो समयमा सरकारले निजी क्षेत्रका केही व्यवसायीहरूमाथि पनि सम्पत्ति