रूसी कूटनीतिज्ञको आवागमन रोक्न पत्राचार « Khabarhub

रूसी कूटनीतिज्ञको आवागमन रोक्न पत्राचार


३१ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली सङ्घ (इयु)का आठ देशका विदेश मन्त्रीहरूले समूहको विदेश नीति प्रमुखलाई पत्राचार गर्दै सेन्जेन क्षेत्रमा रूसी कूटनीतिज्ञको आवागमन रोक्न आग्रह गरेका छन् ।  

उनीहरूले भिसा–मुक्त सेन्जेन क्षेत्रमा रूसी कूटनीतिक राहदानी धारकको स्वतन्त्र आवागमनले ‘घातक गतिविधिलाई सुविधा दिएको दाबी गर्दै मस्कोले इयुभित्र विभाजन रोप्ने प्रयासहरू बढाइरहेको चिन्ता व्यक्त गरेका छन् ।

रूसी कूटनीतिक मिसनका सदस्य र उनीहरूका परिवारका सदस्यको आवागमनलाई उनीहरूको मान्यता प्राप्त राज्यको क्षेत्रमा मात्र प्रतिबन्धित गर्नुपर्ने विश्वास ती मन्त्रीले व्यक्त गरेका छन् । विदेश नीति प्रमुखलाई पठाएको पत्रमा चेक, डेनिस, डच, एस्टोनियन, लाटभियन, लिथुआनियाली, पोलिश र रोमानियाली मन्त्रीहरूले जुन ११ हस्ताक्षर गरेका हुन् ।

प्रस्तावित उपायले ‘रूसी ‘एजेन्ट’हरूका लागि आवागमन गर्ने ठाउँलाई सङ्कुचित गर्ने उनीहरूले जनाएका छन् । फेब्रअरी २०२२ मा युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि युरोपेली सङ्घका देशहरूले आफ्नो भूमिमा रूसी कूटनीतिज्ञको सङ्ख्या उल्लेख्य रूपमा घटाएका छन् । 

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ७ : ३५ बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले