नेदरल्यान्ड्समाथि बंगलादेश २५ रनले विजयी | Khabarhub Khabarhub

नेदरल्यान्ड्समाथि बंगलादेश २५ रनले विजयी


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि बंगलादेश २५ रनले विजयी भएको छ। यो जितसँगै बंगलादेशले विश्वकपको सुपर ८ पुग्ने सम्भावना बलियो बनाएको छ।

समूह ‘डी’को बंगलादेशको यो दोस्रो जित हो। उसले यो जितसँगै चार अङ्क बनाएको छ। नेदरल्यान्ड्सले भने मात्र दुई अङ्क बनाएको छ। यो समूहको शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका ६ अंकसहित सुपर ८ प्रवेश गरिसकेको छ। यो समूहमा रहेको नेपाल र श्रीलंकाले भने समान एकएक अंक जोडेका छन्।

बिहीबार राति बंगलादेशले दिएको १६० रनको चुनौती पछ्याएको नेदरल्यान्ड्स २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३४ रनमा समेटिएको हो।

सुरुमा ब्याटिङ गरेको बंगलादेशका लागि शकिब अल हसनले अर्धशतक प्रहार गरे। ४६ बलको सामना गरेका हसनले ९ चौकासहित नटआउट ६४ रन बनाए।

त्यस्तै तान्जिद हसनले २६ बलमा पाँच चौका र एक छक्कासहित ३४ रनको योगदान दिए। महमुदुल्लाहले २५ रन बनाउँदा जाकर अलीले १४ रन बनाए।

नेदरल्याण्डसका लागि आर्यन दत्त र पॉल भ्यान मिकरेनले दुईदुई विकेट लिए।

१६० रनको लक्ष्य पाएको नेदरल्यान्ड्सका लागि साइब्रान्ड एन्जलबर्चले सर्वाधिक ३३ रन जोडे। विक्रमजित सिंहले १६ बलमा २६ रन बनाए भने कप्तान स्कट एडवड्र्सले २३ बलमा २५ रनको योगदान दिए। माइकल लेभिटले १८, आर्यन दत्तले १५ रन जोड्दा म्याक्स ओ डाउडले १२ रन बनाए।

बंगलादेशका लागि रिसाद होसेनले तीन विकेट हात पारे। अब बंगलादेशले समूह चरणको अन्तिम खेल नेपालसँग खेल्नेछ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ५ : ३७ बजे

उत्पादन बढेपछि आठ स्थानीय तहमा ‘अलैँची जोन’

गलकोट– जिल्लाका आठ स्थानीय तहलाई समेटेर ‘अलैँची जोन’ बनाउन सुरु

मणिपुरमा म्यानमाबाट सन्दिग्ध आतंकवादी भित्रिएको सूचना, सीमाक्षेत्रमा उच्च सतर्कता

नयाँ दिल्ली– युद्धग्रस्त म्यानमाबाट नौ सय सन्दिग्ध आतंकवादी भारतको मणिपुर

‘धनी बन्न सिकाउने’ तीन पुस्तक

काठमाडौं – धनी बन्नु अधिकांशको चाहना र लक्ष्य हो ।

नौ लाख बराबरको भन्सार छलीका सामान बरामद

कैलाली– जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी

सोह्र श्राद्धका समयमा मुक्तिनाथमा दर्शनार्थी बढे

गण्डकी – प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा .केही दिनयता चहलपहल बढ्दै गएको