ताप्लेजुङको फक्ताङ्लुङ पहिरोमा परेर गाउँपालिका उपाध्यक्षका बुवा, आमा र दुई बहिनीको निधन « Khabarhub

ताप्लेजुङको फक्ताङ्लुङ पहिरोमा परेर गाउँपालिका उपाध्यक्षका बुवा, आमा र दुई बहिनीको निधन


३२ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – गएराति ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम, तिङ्दुमा बाढीमा परेर एकै परिवारका चार जनाको निधन भएको छ।

बाढीले घर बगाउँदा गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुका बुवा ७० वर्षीय रामबहादुर लिम्बु, आमा ५० वर्षीया जसमाया र दुई जुम्ल्याहा बहिनी ९ वर्षीया गंगा र जमुनाको निधन भएको हो।

उपाध्यक्ष लिम्बुले आफ्नो परिवार नै गुमाउनुपरेको र अन्य दुई तीन परिवार प्रभावित भएको खबरहबलाई जानकारी दिए।

पहिरोले घर बगाउँदा ५० वटा बाख्रा र ३० वटा कुखुरासमेत मरहेको प्रहरी कार्यालय ताप्लेजुङले जानकारी गराएको छ । प्रहरीलाई प्रारम्भिक जानकारी ४० वर्षीय युगेन र उनकी तीन वर्षीया छोरी गम्भीर घाइते भएका छन् ।

एकै परिवारका चार जनाको शव घरदेखि करिब ५० मिटर तल फेला पारि सुरक्षित स्थानमा राखिएको वडा नम्बर २ का वडाध्यक्ष भुपेन्द चौँलागाईले जानकारी दिए ।

घरदेखि करिब २ सय मिटर माथिबाट आएको पहिरोले घर सहित ४ जना मानिस र ७० ओटा भन्दा बढी पशुचौपाया बगाएको हो । घट्नास्थलमा हाल सिँवा प्रहरी चौकीको टोली खटिएको छ । अहिले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक कमलकुमार लुङगेलीको नेतृत्वमा थप प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

सोही पालिकामा बिहीबार राति खोलामा आएको बाढी पहिरोले विभिन्न स्थानका चार ओटा काठबाट निर्मित मोटरेबलपुल बगाएको थियो । यो वर्षको मनसुनले सबैभन्दा पहिलो प्रभाव ताप्लेजुङमा पारेको हो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ७ : १६ बजे

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड