‘दान्भी’ मेरो करिअरको कठिन फिल्म हो : नायिका पूजा शर्मा « Khabarhub

‘दान्भी’ मेरो करिअरको कठिन फिल्म हो : नायिका पूजा शर्मा


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका पूजा शर्मा फिल्म ‘दान्भी’मा पहिलो पटक एक्सन अवतारमा देखिँदै छिन् । उनको यो पहिलो एक्सन फिल्म हो । जेठ १० गते ‘पुजार सार्की’ र ‘फर्कीफर्की’सँग हलमा प्रतिस्पर्धा हुने भएपछि यसको प्रदर्शन मिति सारिएको हो ।

दान्भीका लागि पूजाले एक महिना फाइटको प्रशिक्षण लिएको थिइन् । प्रेमकथामा आधारित फिल्मबाट बाहिरिन जोखिम मोलेरै एक्सन विधा रोजेको उनी बताउँछिन् ।

‘दान्भी मेरो लागि रिस्क फ्याक्टर नै हो । फरक काम गरौँ न भनेर मैले दान्भी गरेकी हुँ,’ पूजा भन्छिन्, ‘यो फिल्म गर्दा मैले विशेषतः एक्सन सिक्न पाएँ । एक्सनको ज्ञान शून्य नै थियो । तर दान्भीको कामले धेरै कुरा सिकायो ।’

एक्सनमा फिल्ममा काम गर्दा सोचभन्दा कठिन भएको अनुभव उनले सुनाइन् । उनी भन्छिन्, ‘यो फिल्म अहिलेसम्मकै गाह्रो र मिहिनेत परेको भन्दा फरक पर्दैन ।’

यस फिल्म हेर्दा दर्शकले वास्तविक एक्सनको अनुभव गर्न पाउने उनको दाबी छ । उनी भन्छिन्, ‘एक्सन भन्ने बित्तिकै उडिहाल्ने भन्ने हुन्छ । तर यसमा प्राक्टिकल एक्सन छ ।’

टिजर र ट्रेलर रिलिज भएपछि आफ्नो एक्सन अवतारलाई लिएर भएको आलोचना स्वीकार गर्न उनी तयार छैनन् । चल्तीका नायकहरू अनमोल केसी, प्रदीप खड्कालगायतले आफू जस्तै एक्सनमा उत्रिएको भएर तारिफ पाउने तर नायिकाले हतियार उचाल्दा आलोचनमा भएको उनको बुझाइ छ ।

‘मैले बोकेको गन अनमोल केसी, पल शाह, प्रदीप खड्काले बोकेको भए त्यो कामको तारिफ हुन्थ्यो । तर एउटा केटीले बोकेको विषयलाई नकारात्मक आलोचना गरियो,’ उनी भन्छिन् ।

यद्यपि पुनः एक्सन फिल्म गर्नेमा पूजा ढुक्क छैनन् । यस फिल्मको प्रतिक्रियापछि मात्रै निर्णय लिने योजनामा उनी छन् । उनी भन्छिन्, ‘अहिले मलाई एक्सन फिल्ममा अफरहरू आइरहेको छ । दान्भीको प्रतिक्रिया नआइकन म अरु एक्सन फिल्मको कुरै गर्दिनँ ।’

दान्भी असार ७ बाट प्रदर्शन हुँदै छ ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  २ : ४६ बजे

भीमेश्वर नगर भित्रका निजी विद्यालय आइतबार बन्द गर्न निर्देशन  

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शिक्षण संस्थाहरूमा

कामपाका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा

काठमाडौं– काठमाडौं महानगरपालिकाले यसवर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने

दुर्गा प्रसाईंको दाबी : जेन-जी आन्दोलनमा मेरो संलग्नता थिएन

काठमाडौं- व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं ले आफू २०८२ भदौ

निश्चलको आग्रह : अनुसन्धान चाहिँ मबाटै सुरू गरियोस्

काठमाडौं –  गत भदौ २३ र २४ को जेन-जी आन्दोलनबारे

भारतमा चरम गर्मी चेतावनी

नयाँदिल्ली– भारतमा बढ्दो चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री