नेपाल टेलिकमले ल्यायो जीएसएम मोबाइल र एफटीटीएचमा प्याकेज | Khabarhub Khabarhub

नेपाल टेलिकमले ल्यायो जीएसएम मोबाइल र एफटीटीएचमा प्याकेज


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराउने भएको छ । यी अफरहरू असार १ गते देखि लागु हुने छन् ।

अब सजिलो अन लिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत ५९९ रुपैयाँमा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने ( अन लिमिटेड अन–नेट भ्वाइस) तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ–नेट भ्वाइस) सेवा सहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

त्यसैगरी सजिलो ६३६ प्याक अन्तर्गत ६३६ रुपैयाँमा अन लिमिटेड अन–नेट भ्वाइस, १५० मिनेट अफ–नेट भ्वाइस तथा १०० अन–नेट एसएमएसका साथै ९ जीबी डाटा सेवा उपलब्ध हुनेछ ।

यसका साथै सजिलो ७९९ प्याकमा अन लिमिटेड अल–नेट भ्वाइस, ३० जीबी डाटा र १५० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो ९९९ प्याकमा अन लिमिटेड अल–नेट भ्वाइस सेवा, ६० जीबी डाटा र २०० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ ।

कम्पनीले सजिलो १४९९ प्याक र सजिलो १९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ । सबै प्याकेजहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ । यसका साथै अन्य आकर्षक प्याकेजहरू समेत कायम राखिएको छ ।

इन्डिया भ्वाइस कल प्याकेज अन्तर्गत ८० रुपैयाँमा १ दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने २७० रुपैयाँ मा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुने कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

त्यसैगरी एफटीटीएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाइएको छ । प्रिमियम एफटीटीएच प्याकेजहरूमा डाटा मात्र, बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभीका प्याकेजहरू, भ्वाइस सेवामात्र प्रयोग गर्ने ग्राहकहरुका लागि बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभी प्याकेजहरू र एक्सजीपीओन प्याकेजहरूमा डाटामात्र, बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटीभीका प्याकेजहरू समेत सुलभ दरमा उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।

 

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ५ : २७ बजे

जब इञ्जिनियरिङको परीक्षास्थलमा प्रहरी घुस्यो…

बिराटनगर– पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ विषयको छैठौं सेमेष्टरको परीक्षा चलिरहेका

लागूऔषध र कर्तव्य ज्यान मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ

सुर्खेत– लागूऔषध मुद्दामा १९ वर्ष, कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि

सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन सक्दैन : श्रममन्त्री 

पाटन– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले सीपयुक्त

मन्त्रालयको दरबन्दी प्रस्तावप्रति विभिन्न पेशागत संघको आपत्ति

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संघीय सरकारअन्तर्गत रहने गरी गरेको

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

महेन्द्रनगर– धनुषामा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट