बारामा गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या, दुई जना पक्राउ « Khabarhub

बारामा गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या, दुई जना पक्राउ


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाराको राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको आदर्श कोतवाल गाउँपालिका खजुरियास्थित घरबाट कलैयातर्फ जाँदै गर्दा मोटरसाईकलमा सवार अज्ञात समूहले गोली प्रहार गरि क्याम्पस प्रमुख कुशवाहाको हत्या गरेको प्रहरीले जनाएको छ ।

कुशवाहा शुक्रबार बिहान आर्दशकोतवाल गाउँपालिका–२ खजुरियास्थित गाउँको घर गएका थिए । घरबाट फर्किने क्रममा सोही पालिकाको वडा नं ३ बतरा भन्ने स्थानमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको हो ।

बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कुशवाहाको पिठ्यउँमा दुई राउण्ड गोली लागेको थियो ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ९ : ०६ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा