१० औं ओभरको समाप्तिमा नेपालविरुद्ध दक्षिण अफ्रिकाले ५७ रन बनायो « Khabarhub

१० औं ओभरको समाप्तिमा नेपालविरुद्ध दक्षिण अफ्रिकाले ५७ रन बनायो


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ। १० औं ओभरको समाप्तिमा नेपालले एउटा मात्र सफलता पाएको छ।

विश्वकप मैदानमा बलियो प्रतिद्वन्द्वी दक्षिणको पहिलो विकेट नेपालका दीपेन्द्रसिंह ऐरीले लिए। उनले चौथो ओभरमा दक्षिण अफ्रिकाका क्विन्टन डी ककलाई ११ बलमा १० रन बनाउँदा आउट गरेका हुन्।

अफ्रिकाविरुद्ध पहिलो ओभरमा नेपालका सोमपाल कामीले चार रन दिए। दोस्रो ओभर बलिङ गर्दै दीपेन्द्रसिंह ऐरीले ६ रन दिए। दक्षिण अफ्रिकाले दोस्रो ओभरको समाप्तिमा १० रन जोड्यो। तेस्रो ओभरमा बलिङ गर्न आएका सोमपाल कामीले ५ रन दिए। चौथो ओभरमा नेपालका लागि दीपेन्द्र ऐरीले एक विकेट लिएर ६ रन दिए।

पाँचौ ओभरको बलिङ करण केसीले गर्दा ९ रन दिए। पाँचौं ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले एक विकेटको क्षतिमा ३१ रन बनायो। छैटौं ओभरमा कुशल मल्लले बलिङ गरे। उनले ९ रन दिए।

सातौ ओभरमा बलिङ गर्न आएका सन्दीप लामिछानेले दुई रन दिए। सातौं ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले नेपालविरुद्ध एक विकेट गुमाएर ४० रन बनायो।

आठौं ओभरमा कुशल मल्लले ११ रन दिए। नवौं ओभरमा व्यक्तिगत दोस्रो ओभर बलिङ गरेका सन्दीप लामिछानेले मात्र २ रन दिए। १० औं ओभर बलिङ गरेका कुशल मल्लले ४ रन दिए। १० औं ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले नेपालविरुद्ध ५७ रन बनायो। नेपालले दोस्रो विकेटका लागि संघर्ष गरिरहेको छ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ५ : ५८ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको