युरोकप : जर्मनीको सानदार सुरुवात « Khabarhub

युरोकप : जर्मनीको सानदार सुरुवात


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरो कप फुटबलमा जर्मनीले सानदार सुरुवात गरेको छ । गएराति जर्मनीको फुटबल एरिना म्युनिखमा भएको खेलमा स्कटल्याण्डलाई ५–१ गोलले हराउँदै आयोजक जर्मनीले विजयी सुरुवात गरेको हो ।

जर्मनीको जितमा फ्लोरिएन रिट्ज, जमल मुसिएला, काई हार्भटज, निकलस फुलक्रग र एम्री क्यानले एक–एक गोल गरेका थिए । स्कटल्यान्डलाई भने एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । जर्मनीका एन्टोनियो रुडिगरले आत्मघाती गोल गरेका थिए ।

खेलको १०औँ मिनेटमा जर्मनीका फ्लोरियनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यो जितसँगै समूह ‘ए’ को जर्मनीले ३ अंक जोडेको छ । जर्मनीले दोस्रो खेलमा हंगेरीसँग तथा स्कटल्यान्डले स्वीट्जरल्यान्डसँग खेल्नेछन् ।

आज राति हंगेरी र स्वीट्जरल्यान्ड, स्पेन र क्रोएसिया तथा इटाली र अल्वानियाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : ४६ बजे

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा