दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको नेपाल ब्याटिङ गर्दै « Khabarhub

दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको नेपाल ब्याटिङ गर्दै


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको नेपालले ब्याटिङ गर्दैछ।

वेस्ट इन्डिजमा टस जितेर सुरुमा फिल्ड रोजेको नेपाललाई दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११६ रनको चुनौती दिएको छ। नेपालका लागि कुशल भुर्तेल एक्लैले चार विकेट लिएका छन्। उनले मात्र १९ रन दिएर चार विकेट हात पारेका हुन्।

अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट हात पारे। उनले चार ओभर बलिङ गर्दा २१ रन दिए। सन्दीप लामिछानेले भने कुनै विकेट लिन सकेनन्। चार ओभर बलिङ गर्दा उनले १८ रन खर्चिए।

दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरेका हुन्। ट्रिस्टन स्टब्सले नेपालविरुद्ध १८ बल खेल्दै नटआउट २७ रन बनाए भने कप्तान एडेन मार्करामले १५ रन बनाए।

पुरै २० ओभर खेल्दै दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ७ : १० बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित