दक्षिण अफ्रिकाको राष्ट्रपतिमा रामाफोसा पुनः निर्वाचित « Khabarhub

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा रामाफोसा पुनः निर्वाचित


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा पुनः निर्वाचित भएका छन् ।

दक्षिण अफ्रिकाको संसदले सत्तारुढ अफ्रिकी नेशनल कंग्रेस (एएनसी) र विपक्षी दलहरूबीच ऐतिहासिक गठबन्धन सम्झौतापछि फेरि एकपटक रामाफोसालाई देशको राष्ट्रपतिमा निर्वाचित गरेको हो ।

दक्षिण अफ्रिकाको नयाँ सरकारमा रामाफोसाको एएनसी, सेन्टर–राइट डेमोक्रेटिक एलायन्स (डीए) र साना दलहरू सामेल छन् ।

विजयपछिको भाषणमा रामाफोसाले नयाँ गठबन्धनको प्रशंसा गरेका थिए । उनले भने, ‘नेताहरूले हाम्रो देशका सबैको हितका लागि मिलेर काम गर्नेछन् भन्ने मतदाताहरूले अपेक्षा गरेका छन् ।’

चर्को राजनीतिक नाटकका बीचमा यो सहमति भएको हो । एएनसीका महासचिव फिकिले म्बालुलाले गठबन्धन सम्झौतालाई ‘उल्लेखनीय पाइला’ भनेका छन्।

रामाफोसा सन् २०१८ मा पहिलो पटक दक्षिण अफ्रिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले सत्ता संघर्षपछि ज्याकोब जुमालाई राष्ट्रपति र एएनसी नेताको रूपमा प्रतिस्थापित गरेका थिए ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ११ : ३५ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल