बार्सिलोनाका मिडफिल्डर कौटिन्हो बार्यन म्युनिख जाने « Khabarhub

बार्सिलोनाका मिडफिल्डर कौटिन्हो बार्यन म्युनिख जाने


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर कौटिन्हो बार्यन म्युनिख जाने पक्का भएको छ । दुवै क्लबीच कौटिन्हो अनुबन्धनका लागि सहमति भएको छ । उनी लोनमा यसै सिजन बार्यन जाने छन् । उनलाई किन्न मिल्ने सर्त सहित बार्यनले एक बर्षका लागि लोनमा अनुबन्धन गर्ने टुङ्गो लगाएको हो ।

२७ बर्षका बार्साका मिडफिल्डर ला लिगाको पहिलो खेलमा अनुपस्थित थिए । सो खेलमा बार्सा एथ्लेटिको बिल्बाओसँग पराजित भएको थियो । बार्सिलोनाले ठुलो रकम खर्चिएर कौटिन्हेलाई गत सिजन क्लबमा ल्याएपनि उनी प्रभाव जमाउन असफल भएका थिए ।

उनी ईङ्लिस क्लब जाने चर्चा चलेपनि सरुवाको अन्तिम दिनसम्म कुनै प्रगति हासिल भएन । सोही कारण कौटिन्होले अब जर्मन क्लब नयाँ सिजन बिताउने पक्का भएको छ । दुवै क्लबबीच कौटिन्होको बिषयलाई लिएर सहमती बनेको छ । यसलाई औपचारिक प्रदान गर्न बाँकी छ । बार्सिलोनाका प्रवक्ता गुइलेर्मो अमोरले कौटिन्होको बिषयमा पुष्टि गर्दै उनी एक सिजन लोनमा बार्यन जाने बिषयमा सहमती बनेको उल्लेख गरेका छन् ।

गत सिजन बार्सिलोनाबाट कौटिन्होले ५४ खेल खेल्दै मात्र ११ गोल गरको थिए । उनले ५ गोलको अवसर सिर्जना गरेका थिए । कौटिन्होको स्थानमा बार्सिलोनाले एट्लेटिको मड्रिडबाट एन्टोनी ग्रिजम्यानलाई ल्याएको छ । यस्तै फ्रान्सेली खेलाडी उसमान डेम्बेले समेत बार्साको विकल्पको रुपमा रहेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ७ : ०४ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक