बजेटमा धेरै विवादास्पद कुराहरु छन : विप्लव « Khabarhub

बजेटमा धेरै विवादास्पद कुराहरु छन : विप्लव


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विप्लवले बजेटमा धेरै विवादास्पद कुराहरु रहेको बताएका छन् ।

शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली विषयक अन्तर संवादमा बोल्दै उनले सरकारमै बसिरहेका पार्टीहरूले नै बजेटमा असन्तुष्टि जनाएको बताए ।

उनले भने, ‘अर्थतन्त्रको कुरा गर्ने बित्तिकै आर्थिक दृष्टिकोण, आर्थिक निर्माण, पुँजी निर्माणको कुरा गर्ने बित्तिकै दुई वटा कुरा हो । एउटा, राज्यको कुरा हो । अर्को, संस्था र नागरिकको कुरा हो । राज्यले गरिराखेको छ तर अलमलिएको देख्छौँ हामी । बजेट आयो । बजेटको बारेमा यति धेरै विवादास्पद कुराहरु छन् अहिले । राम्रा पनि छन् ।’

उनले सरकारमै बसिरहेका पार्टीहरूका निर्णायक प्रभाव पार्ने खालका नेताहरूले पनि बजेटको आलोचना गरिरहेको बताए ।

१२ खर्बको राजस्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको नभएको उनको दाबी छ ।

उनले अगाडि भने, ‘सरकारमै बसेका नेताहरू, मन्त्री भएकै मान्छेहरूले यो बजेट काम छैन भन्न थालेपछि अब नागरिकले के आशा राख्ने आर्थिक क्षेत्रमा सरकारको नेतृत्व गरेका र प्रतिपक्ष सबैका ट्रेन्ड हेर्नुभयो भने आर्थिक परिचालन गरेर १२ खर्बको राजस्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्नेखालको देखिँदैन ।’

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ४ : ३८ बजे

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई