उत्तराखण्डको रुद्रप्रयागमा टेम्पो दुर्घटनामा १० को मृत्यु « Khabarhub

उत्तराखण्डको रुद्रप्रयागमा टेम्पो दुर्घटनामा १० को मृत्यु


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

रुद्रप्रयाग – उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको बद्रीनाथ राजमार्गमा शनिबार टेम्पो ट्र्याभलर गहिरो खाडलमा खस्दा १० जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

राज्य विपद् प्रतिक्रिया बल ९एसडिआरएफ० र प्रहरी अधिकारीहरू तुरुन्तै उद्धार कार्यका लागि घटनास्थलमा पुगेका थिए । घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उपचार भइरहेको अधिकारीहरुले बताएका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै गम्भीर घाइते यात्रुहरूलाई एम्स ऋषिकेशमा हेलिकोप्टरमार्फत लगिएको र राम्रो उपचारका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको बताए ।

नोएडाबाट रुद्रप्रयाग जाँदै गरेको बस एक सय ५० मिटर गहिरो खाडलमा खसेको थियो । घटनाको छानबिनका लागि मजिस्ट्रेटलाई आदेश दिइएको छ ।

गढवाल आइजी केएस नागन्यालले एएनआईलाई भने, ‘स्थानीय प्रशासन, बासिन्दा र एसडिआरएफ उद्धार र राहत कार्यमा संलग्न छन् । यात्रा गर्ने पर्यटकको सङ्ख्या अझै स्पष्ट भइसकेको छैन । हामीले आठ जनाको शव निकालेका छौँ र नौ जनालाई अस्पताल लगिएको छ । चालकलाई गहिरो चोट पनि लागेको छ ।’

उद्धार कार्य पूरा भएपछि मात्र यात्रुको पूर्ण विवरण आउन सक्ने उनले बताए ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ८ : २० बजे

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका