मापदण्डविपरीत पशुचौपाया ढुवानी गरिँदै | Khabarhub Khabarhub

मापदण्डविपरीत पशुचौपाया ढुवानी गरिँदै


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बाँके – मापदण्डविपरीत पशु ढुवानी गरिँदा पशु तथा चौपायाले दुःख पाउने गरेका छन् ।

सरकारले २०६४ सालमा जारी गरेको मापदण्ड लागू नहुँदा ढुवानीकर्ताले क्रुर तरिकाले पशुचौपाया ढुवानी गरिरहेको पशु कल्याणका पक्षमा काम गरेको ‘एनिमल नेपाल’ नामक संस्थाका कार्यक्रम प्रमुख सुलक्षणा राणाले बताए । उनले लामो दूरीबाट पशुचौपाया ढुवानी गर्दा ध्यान दिन आग्रह गरे ।

प्रमुख राणाले भने, ‘पशुचौपाया टाढाबाट ढुवानी गरेर लैजाँदा उनीहरूले सास्ती नझेल्ने गरी लैजानुपर्छ । तर त्यस्तो अवस्था देखिँदैन ।’

उनले लामो दूरीबाट ढुवानी गर्दा उनीहरूलाई आहारा, आराम र पानीको व्यवस्थापन गर्न आवश्यक भएको उल्लेख गरे । विसं २०५५ को पशु सेवा ऐन र विसं २०५६ मा जारी भएको नियमावलीअनुसार २०६४ सालमा ११ बुँदे पशु ढुवानी मापदण्ड सरकारले जारी गरेको थियो ।

पशु ढुवानी गर्ने गाडीमा प्राथमिक उपचार बक्स हुनुपर्ने, शारीरिक बनावट फरक भएका पशु एउटै गाडीमा ढुवानी नपाइने, राँगाभैँसीसँग पाडापाडी मिसाउन नहुने, सबै राँगाभैँसी, खसीबोकाको टाउको र मुख गाडीको अगाडिपट्टि चालकतर्फ फर्केको हुनुपर्ने, नाक र पुच्छर बाँध्न नपाइने, राँगाभैँसी, बोकाखसी राख्ने गाडीमा ६ इन्च बाक्लो पराल, भुस या सोत्तर राख्नुपर्ने पशुचौपाया ढुवानी मापदण्ड छ ।

पशुलाई गाडीभित्र शून्य दशमलव ८४ देखि एक दशमलव २७ वर्गमिटर स्थान उपलब्ध हुनुपर्ने र एउटा ट्रकमा २० पशु राख्न मिल्ने, पशुलाई गाडीमा दिनमा आठ घण्टाभन्दा बढी हिँडाउन नपाइने र गाडीमा घाँस पराल र दाना राखेको हुनुपर्ने मापदण्ड छ । पशु ढुवानी गर्दा गाडीको गति प्रतिघण्टा ४० किलोमिटर हाराहारीमा मात्रै रहनुपर्ने, जथाभावी ब्रेक लगाउन नपाइने मापदण्ड रहेको छ ।

बारा, पर्सा, बर्दिया, कैलालीदेखि चितवन हुँदै दैनिक ३० गाडीसम्म राँगाभैँसी काठमाडौँ पठाउने गरिएको एनिमल नेपालले जनाएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले मापदण्डविपरीत काम गर्नेलाई रु पाँच हजारसम्म जरिवाना गरिएको उल्लेख गर्दै यसमा नियमनको काम भइरहेको बताए ।

पशु क्वारेन्टाइन कार्यालय कञ्चनपुरका प्रमुख टीकाराम खनालले पशु ढुवानी गर्दा दाङको भालुबाङ र चितवनको रामनगरमा आन्तरिक चेकपोष्ट स्थापना गरिएको जानकारी दिँदै समस्या देखिए त्यहाँबाट दरपिठ हुने बताए ।

‘चेकपोष्टमा जनावर भोकै छ वा छैन, ढुवानी गर्दा के कसरी राखिएको छ, सबै हेरिन्छ’, उनले भने ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १० : ५९ बजे

वर्षा र हिमपातका कारण जोखिम बढेपछि कास्की प्रशासनको सतर्कता अपनाउन आग्रह

गण्डकी – जिल्ला प्रशासन कार्यालय कास्कीले बाढीजन्य प्रकोपमा सतर्कता अपनाउन

माओवादी केन्द्रसँग एकता गर्ने नेसपाको निर्णय

काठमाडौं – महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले

जाँचबुझ आयोगद्वारा जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन

कञ्चनपुर – गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा

ट्रम्प-सी भेटवार्ता : थामिएला दुई ‘महाशक्ति’ बीचको व्यापार युद्ध ?

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति

स्वनिर्मित नियम घोषणा गरी विश्व व्यापारलाई नबिथोल्न चीनको आग्रह

बेइजिङ– चीनले जी–७ राष्ट्रहरूलाई एउटा समूहको स्वनिर्मित नियमको प्रयोग गरी