केकीको फिल्म ‘बोक्सी घर’ले मनायो ५१ दिन  « Khabarhub

केकीको फिल्म ‘बोक्सी घर’ले मनायो ५१ दिन 


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका एवं निर्माता केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोस्सीको घर’ले ५१ दिनमा मनाएको छ । वैशाख १४ गते प्रदर्शनमा आएको यो फिल्मले रञ्जना सिनेपेक्समा ५१ दिन पूरा गरेको हो ।

बोक्सी कुप्रथामा आधारित यस फिल्मले सुरुवाती दिनबाटै दर्शकबाट राम्रो साथ पाएको थियो । यस अवधिमा करिब आधा दर्जन हिट फिल्मसँग यो फिल्मले हलमा प्रतिस्पर्धा गरेको थियो ।

सुरुवातमा चैत ९ देखि प्रदर्शनमा आएको ५१ दिन मनाउन सफल प्रदीप भट्टराई  निर्देशित फिल्म ‘महाजात्रा’यस फिल्मले प्रतिस्पर्धा गरेको थियो ।

त्यसपछि लेखक एवं निर्देशक उपेन्द्र सुब्बाको ‘मनसार’, अनमोल केसीको मुख्य भूमिका रहेको ‘फर्कीफर्की’, मल्टिस्टारर फिल्म ‘पूजार सार्की’ र दयाहाङको मुख्य भूमिका रहेको ‘गाउँ आएको बाटो’सँग हलमा प्रतिस्पर्धा गरेको थियो ।

‘बक्स अफिस’मा हिट साबित भएका यी फिल्मबाहेक ‘लन्डन टू पेरिस’, ‘खजुरे ब्रो’लगायतका फिल्मसँग पनि यसले प्रतिस्पर्धा गरेको थियो ।

हाल यस फिल्मको मुख्य नायिका केकी फिल्म प्रदर्शन गराउन विदेश भ्रमण बाक्लो बनाएकी छन् । सामाजिक सञ्जालमार्फत उनले विदेशका विभिन्न सहर पुगेको जानकारी गराइरहेकी छन् ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको यो फिल्म केकी अधिकारीको फिल्मस्ले निर्माण गरेको हो । उनका बुबा बद्री अधिकारी यसको निर्माता हुन् भने कार्यकारी निर्माता राज घिमिरे हुन् ।

फिल्ममा केकी सहित सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती रमा थपलियाको मुख्य भूमिका छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १ : १२ बजे

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका