राजेन्द्र लिङदेन भन्छन्- ऊर्जा क्षेत्रमा विदेशीलाई सहज हुने नीति बनाइयो « Khabarhub

राजेन्द्र लिङदेन भन्छन्- ऊर्जा क्षेत्रमा विदेशीलाई सहज हुने नीति बनाइयो


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ऊर्जा क्षेत्रमा  विदेशीलाई सहज हुने नीति बनाउँदै गएको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले नेपाली लगानीकर्तालाई प्रेरित गर्ने बजेट नआएको बताएका हुन् ।

उनले बजेटमा ऊर्जा क्षेत्रमा विशेष नीति ल्याउनुपर्नेमा विदेशीलाई मात्र लक्षित गरिएको भन्दै नेपाली लगानीमा ऊर्जा क्षेत्रमा आयोजना बन्नुपर्नेमा जोड दिए । उनले नेपाली लगानी कर्तालाई अप्ठ्यारो हुने किसिमका नीति बनाइएको र विदेशीलाई सहज हुने नीति बनाएको बताए ।

उनले बुढी गण्डकी जस्तो बहुउद्देश्यीय आयोजनाका लागि पर्याप्त बजेट नछुटाएको आरोप लगाउँदै बुढी गण्डकी आयोजना कसरी अगाडी बढ्छ भन्ने स्पष्ट नभएको बताए ।

अर्थमन्त्री र मन्त्रीहरूले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुसी बनाउने गरी बजेट ल्याएको बताउँदै उनले आफूले यो बजेट परिवर्तन नहुने र संसदमा रेकर्डको लागि बजेटमाथि असहमति राखेको बताए ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  २ : २१ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा