बजेटबारे रोकिएन एमालेको असन्तुष्टि, योगेश भन्छन् : प्रोजेक्ट बैंकबाट होइन, पकेटबाट योजना छानिए « Khabarhub

बजेटबारे रोकिएन एमालेको असन्तुष्टि, योगेश भन्छन् : प्रोजेक्ट बैंकबाट होइन, पकेटबाट योजना छानिए


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले बजेटलाई लिएर देखाएको असन्तुष्टि रोकिएको छैन ।

एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले नै बजेटलाई लिएर सार्वजनिक रुपमा रोष प्रकट गरिरहेका बेला दोस्रो तहका नेता पनि त्यही बाटोमा छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद योगेश भट्टराइले बजेट निर्माण प्रक्रियामा पुरानै ढाँचा अबलम्वन गरिएको भन्दै असन्तुष्टि जनाए ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै भट्टराईले बजेट निर्माण प्रक्रिया पुरानै ढाँचाबाट आएको टिप्पणी गरे । उनले यसमा ठूलो नीतिगत र संरचनागत परिवर्तन आवश्यक भएको पनि उनले सुझाए ।

तीन करोडमाथिका मात्रै आयोजनालाई बजेटमा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धताविपरीत स-साना आयोजना पनि राखिँदा कुनै प्रतिफल नआउने धारणा राखे ।

तीन तहलाई निश्चित अंक बराबरको बजेट व्यवस्था गर्ने प्रणालीलाई स्थापित गर्न सके परिणाममुखी रुपमा बजेटको कार्यान्वयन गर्न सकिने उनले बताए ।

पुँजीगत खर्च घटिरहेको र वित्तीय खर्च धेरै भइरहेको अवस्थालाई सुधार ल्याउनुपर्नेमा उनले जोड दिएका छन् ।

भट्टराईले २५ वर्षमा आयोजना हस्तान्तरण गर्ने नियमलाई बढाउनुपर्ने सुझाव पनि दिए ।

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै लगानी बढेको अवस्थामा सरकारले गम्भीर रुपमा ध्यान दिनुपर्ने उनले बताए ।

पुँजीगत खर्चलाई बढाउने वित्तीय व्यवस्थापन नियन्त्रण गर्ने कुरा नै मुलुकको अर्थतन्त्रको निम्ति स्थायी भरपर्दो बाटो हुन सक्ने उनको भनाइ छ ।

‘अर्थमन्त्रीको त्यस विषयमा ध्यान जान जरुरी छ । योजना आयोगको आयोजना बैंकमार्फत अर्थमन्त्रालयले योजनाहरू ल्याउनुपर्ने हुन्छ’, उनले भने, ‘तर, आगामी आर्थिक वर्षको बजेट बनाउने क्रममा योजना बैंकको प्रतिविम्ब छैन । प्रोजेक्ट बैंकको सट्टामा पकेट बैंक जस्तो योजना छनोट भएको देखिएको छ ।’
उनले सानातिना आयोजना लगेर निर्वाचन जितिन्छ भन्ने मानसिकता भए त्यसले कुनै पनि प्रतिफल नदिने पनि बताए ।

‘विगतमा निर्वाचनमा धेरै नेताहरूको परिणाम हेर्दा देखिरहेका छौँ । जसले धेरै बजेट लैजान्छ, त्यसले चुनाव जित्दैन । कम बजेट लैजानेले चुनाव जितेर आइरहेको छ’, उनले भने, ‘बजेट लैजाँदैमा चुनाव जितिन्छ भन्ने आधारबाट मुक्त हुन जरुरी छ । विगतदेखि बजेट बनाउँदा व्यापारिक घरानाले फाइदा लिएको आंशका गर्दै आएका छौँ । त्यसमा अर्थमन्त्रीले ध्यान दिनुभएको होला ।’

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ३ : ०४ बजे

निकुञ्जभित्र सडकमा मोज्याकको काम सुरु

चितवन– विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन

सामुदायिक कुकुरको स्याहार संरक्षणमा बिते ‘ज्योति’ का सात वर्ष

वालिङ– एक महिलाले विगत सात वर्षदेखि निरन्तर रुपमा सडकमा हिँड्ने

कांग्रेसले १६५ क्षेत्रमा खटाएका निर्वाचन कमाण्डरले के काम गर्छन् ?

काठमाडौं – नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई

जलेश्वरमा १२० करोडको लागतमा पाँचतारे होटल निर्माण हुने

जनकपुरधाम– महोत्तरीको जलेश्वरस्थित प्रकौलीमा १२० करोड रुपैयाँको लागतमा अत्याधुनिक पाँचतारे होटल

दैनिक १३ लाख मतपत्र छापिँदै

भक्तपुर– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१