सङ्खुवासभाको सभापोखरीलाई ग्रामीण पर्यटन क्षेत्रका रूपमा विकास गरिने | Khabarhub Khabarhub

सङ्खुवासभाको सभापोखरीलाई ग्रामीण पर्यटन क्षेत्रका रूपमा विकास गरिने


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धार्मिक एवं पर्यटकीय सम्भावना बोकेको सङ्खुवासभाको सभापोखरी क्षेत्रलाई ग्रामीण पर्यटन क्षेत्रका रूपमा विकास गरिने भएको छ ।

तीन दशकदेखि नेपालका ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनका क्षेत्रमा क्रियाशील गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले पवित्र धार्मिकस्थल सभापोखरीलाई ग्रामीण पर्यटनका रूपमा विकास गर्न लागेको हो ।

उक्त क्षेत्रको पर्यटन विकासका लागि भिटोफ नेपाल नेतृत्वको टोली गत जेठ ३१ देखि आजसम्म त्यहाँका पर्यटकीय सम्भाव्यता बारेमा अध्ययन गरेको भिटोफ नेपालका अध्यक्ष शकुन्तला देवकोटाले बताइन् । उक्त टोलीमा अध्यक्ष देवकोटासहित पर्यटक विज्ञ डा आलोक प्रसाईँ, मेधावी परामर्शदाता कम्पनीका प्रबन्ध निर्देशक उत्तम देवकोटालगायत सभापोखरी पुगेका थिए ।

भिटोफका अध्यक्ष देवकोटाले प्रत्येक वर्ष नेपालका ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि भिटोफ नेपालले ‘गन्तव्य गाउँ घोषणा’ गर्दै आएका जनाउँदै यस वर्ष सङ्खुवासभाको सभापोखरीलाई गन्तव्य गाउँ घोषणा गर्न अध्ययन गरिएको बताइन् ।

भिटोफले यसअघि नवलपरासीको अमलटारी, मकवानपुरको चित्लाङ, बाग्लुङको शिवधुरी, कास्कीको कालावाङ, रामेछापको शैलुङ, काभ्रेपलाञ्चोकको बेथानचोक, धादिङको रुविभ्यालीलगायत गाउँमा पर्यटन प्रवर्द्धन गरिसकेको छ ।

भिटोफले देशका ग्रामीण क्षेत्रमा भएका पर्यटकीय गाउँको भौगोलिक अवस्था, गाउँको अग्र्यानिक खाना, त्यहाँको धार्मिक अवस्था, संस्कृति आदानप्रदानलगायत काम गरिरहेको अध्यक्ष देवकोटाको भनाइ छ ।

सुरुमा पर्यटक गाउँको स्थलगत अध्ययन गरी सम्भावित ठाउँमा पर्यटन प्रवर्द्धन गर्दै आएको भिटोफले जनाएको छ । भिटोफले प्रत्येक वर्षको सेप्टेम्बर २७ मा ‘गन्तव्य गाउँ घोषणा’ गरी आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गरिरहेको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ४ : १३ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं