सङ्खुवासभाको सभापोखरीलाई ग्रामीण पर्यटन क्षेत्रका रूपमा विकास गरिने « Khabarhub

सङ्खुवासभाको सभापोखरीलाई ग्रामीण पर्यटन क्षेत्रका रूपमा विकास गरिने


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धार्मिक एवं पर्यटकीय सम्भावना बोकेको सङ्खुवासभाको सभापोखरी क्षेत्रलाई ग्रामीण पर्यटन क्षेत्रका रूपमा विकास गरिने भएको छ ।

तीन दशकदेखि नेपालका ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनका क्षेत्रमा क्रियाशील गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले पवित्र धार्मिकस्थल सभापोखरीलाई ग्रामीण पर्यटनका रूपमा विकास गर्न लागेको हो ।

उक्त क्षेत्रको पर्यटन विकासका लागि भिटोफ नेपाल नेतृत्वको टोली गत जेठ ३१ देखि आजसम्म त्यहाँका पर्यटकीय सम्भाव्यता बारेमा अध्ययन गरेको भिटोफ नेपालका अध्यक्ष शकुन्तला देवकोटाले बताइन् । उक्त टोलीमा अध्यक्ष देवकोटासहित पर्यटक विज्ञ डा आलोक प्रसाईँ, मेधावी परामर्शदाता कम्पनीका प्रबन्ध निर्देशक उत्तम देवकोटालगायत सभापोखरी पुगेका थिए ।

भिटोफका अध्यक्ष देवकोटाले प्रत्येक वर्ष नेपालका ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि भिटोफ नेपालले ‘गन्तव्य गाउँ घोषणा’ गर्दै आएका जनाउँदै यस वर्ष सङ्खुवासभाको सभापोखरीलाई गन्तव्य गाउँ घोषणा गर्न अध्ययन गरिएको बताइन् ।

भिटोफले यसअघि नवलपरासीको अमलटारी, मकवानपुरको चित्लाङ, बाग्लुङको शिवधुरी, कास्कीको कालावाङ, रामेछापको शैलुङ, काभ्रेपलाञ्चोकको बेथानचोक, धादिङको रुविभ्यालीलगायत गाउँमा पर्यटन प्रवर्द्धन गरिसकेको छ ।

भिटोफले देशका ग्रामीण क्षेत्रमा भएका पर्यटकीय गाउँको भौगोलिक अवस्था, गाउँको अग्र्यानिक खाना, त्यहाँको धार्मिक अवस्था, संस्कृति आदानप्रदानलगायत काम गरिरहेको अध्यक्ष देवकोटाको भनाइ छ ।

सुरुमा पर्यटक गाउँको स्थलगत अध्ययन गरी सम्भावित ठाउँमा पर्यटन प्रवर्द्धन गर्दै आएको भिटोफले जनाएको छ । भिटोफले प्रत्येक वर्षको सेप्टेम्बर २७ मा ‘गन्तव्य गाउँ घोषणा’ गरी आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गरिरहेको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ४ : १३ बजे

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग