ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत « Khabarhub

ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

ललितपुर – चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत रहेको छ ।

आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले महानगरले जेठ मसान्तसम्ममा पुँजीगततर्फ रु दुई अर्ब ४३ करोड ९२ लाख ३७ हजार खर्च गरेको बताए ।

‘पुँजीगततर्फ यस आवमा रु चार अर्ब २९ करोड ४६ लाख पारित भएको थियो, जसमध्ये जेठ मसान्तसम्ममा रु दुई अर्ब ४३ करोड ९२ लाख ३७ हजार खर्च भइसकेको छ, जेठ मसान्तसम्म सम्झौता भइसकेको र सम्पन्न हुन बाँकी कामको मात्रै यो महिनामा भुक्तानी हुन्छ’, उनले भने, ‘बजेटमा समावेश भएको तर सम्झौता हुन बाँकी काम तथा योजना नयाँ दायित्व सिर्जना हुने गरी यो महिनामा भुक्तानी नगर्ने हाम्रो नीति छ ।’

अघिल्लो आव २०७९/०८० को जेठमसान्तसम्म ४० प्रतिशतको हाराहारीमा खर्च भएको थियो, सोही आधारमा हेर्दा यो वर्ष उल्लेख्य प्रगति भएको उनले जानकारी दिए । यस्तै, चालु आवको वैशाख मसान्तसम्म आन्तरिक आयतर्फ रु एक अर्ब ७५ करोड २४ लाख ९० हजार राजस्व सङ्कलन गरेको राजस्व महाशाखा प्रमुख प्रेमबहादुर थापाले जानकारी गराए ।

‘गत वर्षको नगरसभाबाट पारित वार्षिक आयव्ययअनुसार चालु आवमा रु दुई अर्ब ३० करोड राजस्व उठाउने लक्ष्य लिएको थियो, सोही नीतिअनुसार वैशाख मसान्तसम्म रु एक अर्ब ७५ करोड २४ लाख ९० हजार सङ्कलन भएको छ । प्रस्तावित राजस्व सङ्कलन लक्ष्यको आधारमा यो ७२ दशमलव ९६ प्रतिशत हो, जेठ मसान्तसम्मको अध्यावधिक गर्ने चरणमा छौँ’, थापाले भने ।

यस्तै महालेखापरीक्षकको कार्यालयले यही जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनले ललितपुरले गरेको खर्चमा बेरुजु रकम शून्य दशमलव ४६ प्रतिशत मात्रै रहेको देखाएको छ । यसले वित्तीय सुशासनमा ललितपुर अब्बल रहेको देखिएको छ ।

‘पुरानो बेरुजु धेरै फछ्र्योट गर्नुका साथै नियमानुसार गरिएको खर्चमा बेरुजुलाई एक प्रतिशतभन्दा कममा सीमित राख्नु वा बेरुजु शून्य राख्न सफल हुनु वित्तीय सुशासनको आधार हो, हामीले यस आवमा पुरानो बेरुजु रु ५८ करोडभन्दा बढी रकम फर्छ्योट गर्न सफल भएका छौँ । सवारी इन्धनको बचत गर्न विद्युतीय सवारी खरिद गरी प्रयोगमा ल्याइएको छ, प्रशासनिक खर्च कम गरी पुँजीगत खर्च वृद्धि गरेका छौँ’, धिमालले भने ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ९ : २० बजे

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला