बालबालिकालाई श्रम लगाउने उद्योग प्रतिष्ठान कारबाहीमा | Khabarhub Khabarhub

बालबालिकालाई श्रम लगाउने उद्योग प्रतिष्ठान कारबाहीमा


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बागमती– बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ ।

चालु आर्थिक वर्ष २०८०–८१ को १० महिना अवधिमा गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरिएको कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुुसार प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी ३७ हजार सात सय जरिवाना र तीन लाख ४० हजार सात सय १२ रुपैयाँ क्षतिपूर्ति तिराइएको छ ।

सो अवधिमा विभिन्न उद्योग प्रतिष्ठानबाट बालश्रमिकका रूपमा रहेका २२ बालबालिकाको उद्धार गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

यस्तै, चालु आवको वैशाखसम्म दुई सय प्रतिष्ठानमा अनुगमन गर्दा अधिकांश ठूला उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकलगायत श्रम कानुनको पालना गरिएको पाइए पनि साना उद्योग प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको पाइएको प्रमुख श्रेष्ठले बताए ।

अनुगमनका क्रममा कमजोर पाइएका उद्योग प्रतिष्ठानलाई सुधार गर्न निर्देशन दिइएको र श्रमिक तथा व्यवस्थापकलाई समेटेर सचेतनामूलक कार्यक्रमसमेत गरिएको उनले बताए ।

सो कार्यालयमा हाल होटल, उद्योग, वर्कसप गरी ५० वटा उद्योग प्रतिष्ठान सूचीकृत रहेको जनाएको छ । चालु आवमा एक सय ५० प्रतिष्ठानलाई सूचीकृत हुन ताकेता गरेको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

कार्यालयमा धेरैजसो उजुरी पारिश्रमिक नपाएको सम्बन्धी आउने गरेको उनको भनाइ छ ।

चालु आवको १० महिनामा पारिश्रमिकसम्बन्धी ७० वटा उजुरी दर्ता भएकामा ५५ वटा उजुरी कार्यालयको पहलमा प्रत्यक्ष वार्तामार्फत समाधान गरिएको र बाँकी १५ वटा उजुरी समाधानको प्रक्रियामा रहेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ११ : ०० बजे

अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरूलाई स्वागत

काभ्रे– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज काभ्रेपलान्चोक

जनकपुरधाम साहित्य महोत्सवमा, ‘जनकपुरधामका चुनौती र अवसर’ बारे बहस

जनकपुरधाम– जनकपुरधाम साहित्य महोत्सवको छैटौँ संस्करणको दोस्रो दिन ‘जनकपुरधामका चुनौती

खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न निर्देशन

काठमाडौं– सङ्घीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कर्णाली

अछामको बयालपाटा अस्पताल : दुर्गमका विपन्न बिरामीको जीवनरक्षक !

धनगढी – बयालपाटा ! गरिब तथा विपन्न परिवारका बिरामीको पहिलो

मेरो प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ सडक निर्माण भएको हो : सांसद आले 

काठमाडौं – डोटीबाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री प्रेमबहादुर आलेले आफ्नो