कालिका मन्दिरबाट एक महिनामा १८ लाख संकलन « Khabarhub

कालिका मन्दिरबाट एक महिनामा १८ लाख संकलन


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

गलकोट– नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा जेठमा १८ लाख संकलन भएको छ । 

कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको जेठको आम्दानी खर्च विवरणअनुसार रु १८ लाख २६ हजार संकलन भएको छ । उक्त रकम भने चालु वर्षकै सबैभन्दा थोरै हो । गत महिना वैशाखमा मात्रै कालिका भगवती गुठी व्यवस्थापन समितिले रु ५८ लाख २४ हजार संकलन गरेको थियो । 

कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार जेठमा १८ लाख २६ हजार आम्दानी र १० लाख २१ हजार खर्च भएर रु आठ लाख पाँच हजार बचत भएको बताए ।

 खड्काले बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजनलाई बास बस्नका लागि बागलुङ नगरपालिका–१ मालढुङ्गा नजिकै धर्मशाला निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गर्न थालिएको उनले जानकारी दिए। उनले मन्दिरको भेटीबाट धर्मशाला निर्माण गरिनेछ । 

जेठमा भक्तजनले मन्दिरमा चढाएको भेटी ११ लाख ९६ हजार दुई सय ६५, सटर भाडाबाट तीन लाख छ हजार चार सय, आर्थिक सहयोग बापत ५६ हजार छ सय ८३, परेवा बिक्रीबाट दुई लाख ४० हजार सात सय ५०, चामल बिक्रीबाट नौ हजार, बोकाको टाउको बिक्रीबाट ११ हजार नौ सय, कुखुरा बलिबाट रु नौ सय, राँगा बलिबाट रु तीन हजार छ सय, विवाहबाट  एक हजार र पण्डितबाट चार सय आम्दानी गरेको अध्यक्ष खड्काले जानकारी दिए। 

जेठमा कर्मचारीको तलबभत्तामा रु चार लाख ३४ हजार, विद्युत्मा २९ हजार पाँच सय ८०, अतिथि सत्कारमा रु ४६ हजार, उपहार रु नौ हजार, पूर्वाधारतर्फ रु दुई लाख ३६ हजार, पूजा खर्च रु ५५ हजार, जग्गा व्यवस्थापन रु एक लाख ५० हजार, खाद्य तथा आवास रु ५७ हजार र विज्ञापनमा रु पाँच हजार खर्च भएको अध्यक्ष खड्काले बताए।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ३ : ०८ बजे

मधेश पुगेर प्रचण्डले भने- कम्युनिस्ट बलियो नभए देश ठूलो दुर्घटनामा पर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउसोको सेवा बन्द हुने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसका अवसरमा साउन

देशभर विपद्का ४७ घटना ३ जनाको मृत्यु, ८ घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्जन्य घटना भएका

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना तथा

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका