भारत र ओमनबीच स्वतन्त्र व्यापार सम्झौता हुँदै « Khabarhub

भारत र ओमनबीच स्वतन्त्र व्यापार सम्झौता हुँदै


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत र ओमनबीच स्वतन्त्र व्यापार सम्झौता हुने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालकै पहिलो १ सय दिनभित्र दुई मुलुकबीच स्वतन्त्र व्यापार सम्झौता हुने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रधानमन्त्री मोदीले यस सम्झौतासँगै दुई मुलुकबीचको रणनीतिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा गरिएको बताए । अन्तिम सम्झौताअघि यसबारे पुनरावलोकन गर्न भारतीय वाणिज्यमन्त्री पियूष गोयललाई जिम्मा दिइएको छ ।

प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको अन्त्यतिर यस सम्झौताबारे छलफल सम्पन्न भएको छलफलमा संलग्न दुई जना अधिकारीले बताए । यस सम्झौताको प्रक्रिया अन्तिम चरणमा रहेको र दुबै पक्ष सहमत भए चाँडै यसबारे टुंगो लाग्ने छ ।

हालैमात्र भारतले आइसल्याण्ड, नर्वे, स्विट्जरल्याण्ड र लिच्टेन्स्टाइनसहित ४ युरोपेली मुलुकसँग यस किसिमको सम्झौता गरेको छ । यस सम्झौतासँगै ती ४ मुलुकले भारतमा १ खर्ब डलरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । 

यसबाट भारतमा आगामी १५ वर्षमा १० लाख प्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ६ : ४३ बजे

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध