प्रतिनिधिसभा बैठक : खर्च कटौतीका चार प्रस्ताव प्रस्तुत « Khabarhub

प्रतिनिधिसभा बैठक : खर्च कटौतीका चार प्रस्ताव प्रस्तुत


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा जारी ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरू पुष्पबहादुर शाह, डा अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ अन्तरगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाएर एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीका छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका हुन् ।

यसैगरी सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तरगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ३ : १८ बजे

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची– हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिइँदै

रसुवा– नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका

तीन वर्षमा आठ प्रमुख शहरमा क्रिकेट रंगशाला निर्माण हुन्छ : मन्त्री लम्साल

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मुलुकका आठ

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

खोटाङमा एक व्यक्तिबाट श्रीमतीसहित चारजना माथि खुकुरी प्रहार

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका