अभिभावकविहीन बालबालिकालाई आठ लाख सहयोग « Khabarhub

अभिभावकविहीन बालबालिकालाई आठ लाख सहयोग


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

बागलुङ – क्यान्सर रोगका कारण आमा गुमाउँदा अभिभावकविहीन भएका दुई बालबालिकालाई रु आठ लाख सहयोग प्राप्त भएको छ ।

आमाको मृत्यु भएको र बाबा सम्पर्कविहीन बनेका बालबालिकालाई बागलुङ घर भई हाल अमेरिका बसोबास गर्दै आएका नेपालीको सक्रियतामा अमेरिकाबाट रु आठ लाख सहयोग प्राप्त भएको हो ।

बागलुङ नगरपालिका–४ पाखाथरकी मीना आचार्यको क्यान्सर रोगबाट ग्रसित भई उपचारका क्रममा मृत्यु भएको थियो ।

हाल अमेरिका रहेका राजेन्द्र केसी, विपिन श्रेष्ठ र प्रकाश उपाध्यायको सक्रियतामा सङ्कलन भएको रु आठ लाख ८७ हजार छ सय ४२ मीनाका छोरा मनोज आचार्य र छोरी ममता आचार्यलाई हस्तान्तरण गरिएको छ ।

मीनालाई चार वर्ष अगाडि पाठेघरको क्यान्सर देखिएको थियो । उनको जायजेथासमेत बिक्री गरी दिदी भिनाजु र आफन्तले उपचार गरेका थिए । उनको उपचारमा रु १६ लाखभन्दा बढी खर्च भएको थियो ।

उपचारकै क्रममा थप रकम आवश्यक देखिएपछि हाल अमेरिकामा रहेका मीनाका छिमेकी राजेन्द्र केसी, प्रकाश उपाध्याय, उपल्लाचौरका विपिन श्रेष्ठले साथीहरुको सहयोग लिएर आर्थिक सङ्कलन सुरु गरेका थिए । तर, मीनाको निधन भएपछि उनका छोराछोरीको नाममा उक्त रकम बचत गरिदिने उद्देश्यले हस्तान्तरण गरिएको हो ।

उपचार र काजकिरियामा लागेको खर्च कटाएर सात लाख मनोज र ममताको नाममा नेपाल बैंकमा संयुक्त खाता खोली बचत गरिने दाताहरुले जनाएका छन् ।

मृतक मीनाका श्रीमान् मनि आचार्य दुई वर्षदेखि बेपत्ता छन् । क्यान्सरको उपचार गराइरहेकी श्रीमतीलाई छोडेर आचार्य बेपत्ता भएपछि परिवारमा थप सङ्कट देखिएको थियो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ९ : २५ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन