जर्मनी अन्तिम १६ मा प्रवेश « Khabarhub

जर्मनी अन्तिम १६ मा प्रवेश


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा आयोजक जर्मनी अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) मा प्रवेश गरेको छ ।

बुधबार राति भएको समूह ‘ए’ अन्तर्गतको खेलमा हंगेरीलाई २–० गोलले हराउँदै जर्मनी दोस्रो चरणमा उक्लिएको हो ।

जर्मनीका लागि जमाल मुसियाला र इलकाय गुन्डोगानले एक–एक गोल गरेका थिए ।

खेलको २२औँ मिनेटमा मुसियालाले जर्मनीलाई सुरुवाती अग्रता दिएका थिए । यस्तै, ६७औँ मिनेटमा गुन्डोगानले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि दुवैतर्फबाट कुनै गोल नहुँदा आयोजक जर्मनी २–० गोलले विजयी भयो ।

यो जितसँगै जर्मनीको दुई खेलबाट ६ अंकका साथ समूहको शीर्षस्थानमा रहेको छ । पराजित भएको हंगेरी अंकविहीन छ । पहिलो खेलमा जर्मनीले स्कटल्याण्डलाई हराएको थियो भने हंगेरी स्विट्जरल्याण्डसँग पराजित भएको थियो ।

यो पनि…
युरोकप २०२४ : क्रोएसिया र अल्वानियाको रोमाञ्चक बराबरी

 

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ७ : १३ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)