असारको पहिलो साता ४२ अङ्कले घट्यो नेप्से, कारोबार १६ अर्ब « Khabarhub

शेयर बजार

असारको पहिलो साता ४२ अङ्कले घट्यो नेप्से, कारोबार १६ अर्ब


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–असार महिनाको पहिलो साता शेयर बजारका लागि सुखद रहेन । साताभरमा नेपाल स्टक एक्सजेञ्ज (नेप्से) ४२.९८ अङ्कले घट्यो ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार २१११.२९ अङ्कमा रहेको नेप्से परिसूचक यो साताको बिहीबारसम्म आउँदा २०६८.३१ विन्दुमा झरेको हो ।

यो साता नेप्सेमा ४ दिनमात्र कारोबार भयो । ३ दिन बजार घट्यो भने एक दिन झिनो अङ्कले बढ्यो । सोमबार बकर इदका दिन सार्वजनिक बिदा हुँदा शेयर बजार बन्द रह्यो ।

४ दिनको कारोबारमा नेप्से ४२ अङ्कले घट्ता दैनिक औसत १०.७४५ अङ्कले घटेको छ । यो साता कारोबार अङ्क भने सकारात्मक देखिएको छ । ४ दिनमा १६ अर्ब ६७ करोड ६ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सातामा दैनिक औसत ४ अर्ब १६ करोड ७६ लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।

यो साता ४ दिनको अवधिमा ३ करोड ६१ लाख ७७ हजार ५९४ कित्ता शेयर किनबेच भएको छ । दैनिक औसत ९० लाख ४४ हजार ३९८ कित्ता शेयर कारोबार भएको छ ।

सातामा जम्मा २ लाख ३० हजार २३ पटक शेयर किनबेच भएको छ । ४ दिनमा औसत दैनिक ५७ हजार ५०६ पटक शेयर किनबेच भएको छ ।

कुन दिन कस्तो रह्यो बजार ?
असारको पहिलो साताको पहिलो दिन २ गते आइतबार नेप्से १७ अङ्कले घटेको थियो । सो दिन १७.०४ अङ्कले घटेर २०९५.२५ विन्दुमा बन्द भएको नेप्से परिसूचक उच्चतम्‌ २११७.१५ र न्यूनतम २०९०.१३ विन्दुमा पुगेको थियो ।

आइतबार ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदा बजारमा उत्साह देखियो । बजार बन्द हुँदासम्ममा ५ अर्ब ४२ करोड २३ लाख ५६ हजार रुपैयाँको १ करोड २४ लाख ३३ हजार ८४६ कित्ता शेयर ७१ हजार ४८१ पटक किनबेच भएको थियो ।

सोमबार बकर इद परेकाले सार्वजनिक बिदा हुँदा नेप्से समेत बन्द भयो । नेप्से बन्द भएकाले उक्त दिन शेयर कारोबार भएन । तर, मंगलबार नेप्से कारोबार हुँदा घट्ने क्रम भने जारी रह्यो । मंगलबार नेप्से १८.७६ अङ्कले घटेर २०७६.४९ विन्दुमा झर्‍यो ।

मंगलबार नेप्से ०.८९ प्रतिशतले घट्दा परिसूचक उच्चतम्‌ २११७.१५ र न्यूनतम २०७३.९१ विन्दु रह्यो । आइतबारको तुलनामा कारोबारमा भने भारी मात्रामा गिरावट आयो ।

आइतबार ५ अर्ब रुपैयाँ बढीको कारोबार भएकोमा मंगलबार भने ४ अर्ब रुपैयाँमै सीमित रह्यो । मंगलबार ४ अर्ब ३ करोड ६९ लाख १० हजार रुपैयाँ बराबरको ८९ लाख १२ हजार ३३० कित्ता शेयर ५७ हजार ६३२ पटक किनबेच भयो ।

आइतबार र मंगलबार लगातार २ कारोबार दिन नेप्से दोहोरो अङ्कले घट्दा बुधबार भने झिनो अङ्कको नेप्सेमा करेक्सन देखियो । अन्तिम २ मिनेटमा नेप्से १.२७ अङ्कले बढ्यो ।

बुधबार नेप्से परिसूचक उच्चतम २०८६.८५ विन्दु र न्यूनतम २०७३.३४ विन्दुसम्म पुग्यो । मंगलबारको तुलनामा बुधबार पनि कारोबार १ अर्ब रुपैयाँले घट्यो । बुधबार ३ अर्ब ३६ करोड ६९ लाख ८ हजार रुपैयाँ बराबरको ६८ लाख ३२ हजार ५५० कित्ता शेयर ४८ हजार ३४४ पटक किनबेच भयो ।

नेप्सेको वियर ट्रेन्ड साताको अन्तिम कारोबारको दिन पनि जारी रह्यो । बिहीबार नेप्सेमा दोहोरो अङ्कको गिरावट आयो । बिहीबार नेप्से १०.४४ अङ्कले घटेर २०६८.३१ विन्दुमा पुग्यो ।

बिहीबार नेप्से परिसूचक उच्चतम २०८६.८५ र न्यूनतम २०६३.९० विन्दुमा पुगेको थियो । बिहीबार ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँको ८६ लाख ६३ हजार ६९९ कित्ता शेयर ५३ हजार १७ पटक किनबेच भएको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ५ : ४२ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना