टी-२० विश्वकपको सुपर आठका आज दुई खेल हुँदै « Khabarhub

टी-२० विश्वकपको सुपर आठका आज दुई खेल हुँदै


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल अस्ट्रेलिया र बंगलादेशबीच खेल हुँदै छ । एन्टीगास्थितसर भीभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुँदै छ ।

जारी विश्वकपमा अस्ट्रेलियाले समुह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको हो । त्यस्तै बंगलादेशले भने समुह चरणमा तीन खेल जितेर सुपर आठमा पुगेको हो । सेमिफाइनलको दौडका लागि सुपर आठको समुह एक मा रहेका दुवै देशका लागि यो खेल महत्वपूर्ण रहेको छ ।

अहिलेसम्म अस्ट्रेलिया र बंगलादेशबीच कुल १० टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा अस्ट्रेलियाले ६ खेल जितेको छ भने बंगलादेशले ४ खेल जितेको छ ।

त्यस्तै आज दोस्रो खेल सुपर आठको समुह २ मा रहेका इङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदै छ । सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।

यस विश्वकपको सुपर आठको खेलमा इङ्ल्याण्ड र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई र इङ्ल्याण्डले वेस्ट इन्डिजलाई पराजित गरेको छ । यो खेलमा जित हासिल गर्ने देशले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने छ ।

 इङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच अहिलेसम्म कुल २५ टी-२० खेल भएका छन् । जसमा दुवैले १२-१२ खेल जितेका छन् भने एक खेलको नतिजा आएको छैन ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ६ : २६ बजे

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक

सरकारको कार्यशैलीप्रति एमालेको आपत्ति, स्वेच्छाचारी भएको आरोप

काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठकले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर

एमाले केन्द्रीय समिति बैठक असारमा बस्ने

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असारमा मात्रै बस्ने

आफूविरुद्ध नेताहरू खनिएपछि रिसाए ओली

काठमाडौं – नेकपा एमालेको चार दिन लामो सचिवालय बैठक आज