सडक विभागको निर्देशन मान्दैनन् सेवा प्रदायक, मनपरी भत्काइँदै सडक | Khabarhub Khabarhub

सडक विभागको निर्देशन मान्दैनन् सेवा प्रदायक, मनपरी भत्काइँदै सडक


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्खायामको तीन महिना सडक खन्न नदिने सडक विभागले सूचना जारी गरे पनि सेवा प्रदायक निकायहरूले भने धमाधम सडक खन्ने काम गरिरहेका छन्‌ ।

खासगरी, धारा, ढल, बिजुली र टेलिफोन लगायत सेवा विस्तार प्रयोजनका लागि सडक खन्न विभागले रोक लगाएको थियो । तर, सम्बन्धित निकायहरूले भने विभागको सूचना विपरीत सडक खनेर भत्काएका हुन् ।

विभागले गत असार १ मा सूचना जारी गर्दै बर्खायामको तीन महिना सडक खन्न नदिने र कसैले जवजस्ती सडक खनेमा कारबाही समेत गर्ने चेतावनी दिएको थियो ।

खासगरी, धारा, ढल, बिजुली र टेलिफोन लगायत सेवा प्रदायक निकायलाई सडक खन्न नदिने सूचना जारी गरेको एक साता नबित्दै ती निकायहरूले अहिले काठमाडौं उपत्यका लगायत देशभर नै सडक खन्ने काम गरिरहेका हुन्‌ ।

अहिले नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाभित्रका विभिन्न ठाउँहरूमा तार भूमिगत गर्ने काम गरिरहेको छ । दूरसञ्चार प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी संस्थानलगायतका निकायहरूले खानेपानी धारा, पाइप र ढल व्यवस्थापनका लागि सडक खन्ने र मर्मत गर्ने काम निरन्तर गरिरहेकै छन् ।

सडक विभागको निर्देशन विपरित ती निकायले सडक खन्ने काम गरिरहेका हुन् । तर: विभागले न अनुगमन गरेको छ, न त नियम विपरीत सडक खन्ने निकायलाई कारबाही नै !

त्यतिमात्र होइन; सडक विभागबाट सडक खन्ने स्वीकृति लिएका सेवाप्रदायक निकायले पनि सडक भत्काउने र बिगार्ने गर्दा महानगरबासी र यात्रुलाई दैनिक आवतजावतमै सास्ती हुने गरेको छ ।

सडक उपयोग गर्ने सम्झौता शर्त पालना नगरेको सडक विभागकै अधिकारी स्वीकार्छन् । नयाँ सडक खन्ने अनुमति अहिले कुनै पनि निकायलाइ नदिइएको सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख ज्ञानेन्द्रकुमार झाले बताए । यसअघि नै अनुमति पाइसकेका निकाय र आयोजनाले सम्झौतासर्तअनुसार काम नगरेको उनको भनाइ छ ।

‘नयाँ सडक खन्न अनुमति हामी दिएका छैनौं, तर, विगतमा स्वीकृति लिइसकेका अवस्थामा सडक प्रयोग गर्न रोक्ने कुरा भएन्’ उनले भने, ‘विगतमा सडक विभागबाट स्वीकृति लिएका आयोजनाले समयभित्रै निर्माण नसक्दा बर्खायाममा समेत सडक खन्ने काम भइरहेको देखिन्छ ।’

विभागबाट स्वीकृत लिएर समयमै निर्माण नसकिएको विषय चुनौतीका रूपमा रहेको उनको भनाइ छ । सडकमा काम गर्ने निकायहरू पनि सम्झौता शर्त इमान्दार रूपमा पालना गर्नुपर्ने झाले बताए ।

यसअघि विभागबाट स्वीकृति लिएर निर्माणमा ढिलाइ गर्ने निकायलाई पनि छिटो सक्न ताकेता गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  २ : २६ बजे

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले