भरुवा बन्दुकसहित दुई जना पक्राउ « Khabarhub

भरुवा बन्दुकसहित दुई जना पक्राउ


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुगुको छाँयानाथ रारा नगरपालिका-१४ लुम खोलाबाट भरुवा बन्दुक १ थानसहित सोही नगरपालिका-१४ बाम गाउँ बस्ने ५३ वर्षीय धन बहादुर बडूवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै खोटाङको रावाबेशी गाउँपालिका-६ राईसिंहे बस्ने ४५ वर्षीय दिल बहादुर राईलाई भरुवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने छर्रासहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरीले उनको गोठ तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा बन्दुक फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : १४ बजे

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको