भारी वर्षापछिको बाढीले चीनमा ११ जनाको मृत्यु « Khabarhub

भारी वर्षापछिको बाढीले चीनमा ११ जनाको मृत्यु


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

हेफेई– चीनमा मुसलधारे वर्षाका कारण शुक्रबारको अन्त्यसम्ममा कम्तीमा ११ जनाको ज्यान जानुका साथै अनहुई प्रान्तमा दुई र दक्षिण चीनको गुआङ्गडोङ प्रान्तमा नौ जनाको ज्यान गएको छ ।

निरन्तरको वर्षा पछि पूर्वी र दक्षिणी चीनका धेरै भागहरूमा बाढीका कारण स्थानीयले ज्यान गुमाएका छन् । बाढी र डुबानका कारण विभिन्न बालीमा क्षति पुग्नुका साथै सडकहरू काटिएको छ । स्थानीय अधिकारीले चरम मौसमी अवस्थाको प्रभाव कम गर्न आपत्कालीन प्रतिक्रियाको स्तर बढाएका छन् ।

शुक्रबार वर्षा र आँधीसम्बन्धी मौसम विज्ञान प्रकोप प्रमुखले मोसमी पूर्वानुमान र आपत्कालीन प्रतिक्रिया दिँदै आगामी तीन दिन प्रान्तमा कडा वर्षा हुने अनुमान गरेको छ ।

बुधबारदेखि बिहीबारसम्म सहरको औसत वर्षा १७६.४ मिलिमिटर पुगेको छ भने टुनक्सी जिल्लामा ४०५.५ मिलिमिटरको अधिकतम वर्षा रेकर्ड गरिएको छ ।

वर्षाले एक लाख ७९ हजार मानिसहरू प्रभावित भएकामा लगभग ११ हजार  बासिन्दालाई अस्थायी स्थानान्तरण गरिएको थियो । सहरको पार्टी समितिको प्रचार विभागका अनुसार क्षतिग्रस्त बालीको क्षेत्रफल ११ हजार ४८० हेक्टर पुगेको छ ।

वर्षाका कारण आएको बाढीले नौ वटा राष्ट्रिय वा प्रान्तीय राजमार्गसहित सहरका ५० वटा सडक अवरुद्ध पारेको छ । पाँच वटा काउन्टी–स्तरीय क्षेत्रमा सार्वजनिक यात्रु यातायात सञ्चालन स्थगित गरिएको छ ।

सहरमा तीन हजारभन्दा बढी उद्धारकर्ता, २३५ वारूण यन्त्र र १०५ जहाज उद्धार तथा राहतका लागि परिचालन गरी दुई हजार ४०० भन्दा बढी फसेका बासिन्दालाई उद्धार गरिएको छ ।

वर्षामा केही ग्रामीण सडक भत्किएका कारण उद्धारकर्ताहरू पहाडी क्षेत्रका केही दुर्गम गाउँमा पुग्न पैदल हिँड्नु परेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

सहरका उपप्रमुख चेन टिएन्युले अहिले बाढी नियन्त्रणका लागि निकै महत्त्वपूर्ण समय भएको बताउँदै सहरको हुइझोउ जिल्लास्थित चेङ्गकन नगरमा रहेको एउटा उच्च अध्ययन भ्रमण आधारलाई खाली गरिएका बासिन्दाका लागि अस्थायी बस्ती स्थलमा परिणत गरिएको छ ।

सहर र गाउँ स्तरका सबै कार्यकर्ताहरूलाई परिचालन गरी प्रभावित स्थानहरूमा गस्ती  र निरीक्षण गर्न भनिएको छ ।

गुआङ्गडोङको सिमानामा रहेको फुजियान प्रान्तमा जुन १६ देखि सुरु भएको लगातारको वर्षाले लोङ्यान सहरका एक लाखभन्दा बढी बासिन्दाको सामान्य जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : ५१ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१