ओलीले बजाएनन् रास्वपाको घण्टी, चलाए गाँजाको तान (तस्बिरहरू) « Khabarhub

ओलीले बजाएनन् रास्वपाको घण्टी, चलाए गाँजाको तान (तस्बिरहरू)


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय च:मतीमा आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ढिलो पुगे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत पुगेर फर्किएपछि ओली च:माती पुगेका हुन् ।

चियापान कार्यक्रममा सहभागी हुँदै ओलीले रास्वपा सभापति रवि लामिछानेसँग केहीबेर संवाद गरे । अन्य नेताहरूले रास्वपाका कार्यालयको घण्टी बजाउँदा ओलीले भने वार्षिकोत्सव मनाउन तयार गरिएको स्थानमा तान बुन्ने काम गरे ।

ओलीले रास्वपा कार्यालयमा छिर्दा घण्टी बजाएनन् । शुक्रबार च:माती पुगेका अरु सबै नेताहरूले सबै घन्टी बजाएर भित्र प्रवेश गरेका थिए ।

तर ओलीलाई सर्वसाधारण र रास्वापाका केही नेताहरूले घन्टी बजाउन अनुरोध गरे पनि मानेनन्। ओलीले घण्टी नबजाए पनि एमाले उपमहासचिव विष्णु रिमालले भने बजाउँदै भित्र प्रवेश गरे ।

यस्तै एमाले नेता तथा कानुनमन्त्री पदम गिरीले पनि घण्टी बजाएर प्रवेश गरे । अन्य उपस्थित सबै नेताहरूले घन्टी बजाएर प्रवेश गर्दा ओलीले त्यसलाई अस्वीकार गरिदिए ।

गाँजा र अन्य विभिन्न नेपाली मौलिक उत्पादनका स्टल अवलोकनका क्रममा ओलीले गाँजाका कपडा बनाउने तान चलाए । उनले केही बेर तान चलाउँदै कपडासमेत बनाउने काम गरे ।

वर्तमान सत्ता गठबन्धनमा रास्वपा सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डसँग भन्दा ओलीसँग निकट छन् ।

गाँजाका कपडाको स्टल राखेका व्यवसायी प्रदीप कार्कीका अनुसार गाँजाका कपडा बुन्ने तान त्यहीँ राखिएको हो । उनले त्यहीँ तानबाट कपडा बुनेर आगन्तुक पाहुनालाई देखाएका थिए । ओलीले पनि त्यही तानमा कपडा बुने ।

नेपालमा तानबाट ऊन, गाँजा, अल्लो र कपाससहितका धागोबाट राडीपाखी, बख्खु, पटुका, कोटलगायत सामग्री बनाउने गरिएको छ ।

 

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ५ : ०७ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार