ओलीले बजाएनन् रास्वपाको घण्टी, चलाए गाँजाको तान (तस्बिरहरू) | Khabarhub Khabarhub

ओलीले बजाएनन् रास्वपाको घण्टी, चलाए गाँजाको तान (तस्बिरहरू)


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय च:मतीमा आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ढिलो पुगे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत पुगेर फर्किएपछि ओली च:माती पुगेका हुन् ।

चियापान कार्यक्रममा सहभागी हुँदै ओलीले रास्वपा सभापति रवि लामिछानेसँग केहीबेर संवाद गरे । अन्य नेताहरूले रास्वपाका कार्यालयको घण्टी बजाउँदा ओलीले भने वार्षिकोत्सव मनाउन तयार गरिएको स्थानमा तान बुन्ने काम गरे ।

ओलीले रास्वपा कार्यालयमा छिर्दा घण्टी बजाएनन् । शुक्रबार च:माती पुगेका अरु सबै नेताहरूले सबै घन्टी बजाएर भित्र प्रवेश गरेका थिए ।

तर ओलीलाई सर्वसाधारण र रास्वापाका केही नेताहरूले घन्टी बजाउन अनुरोध गरे पनि मानेनन्। ओलीले घण्टी नबजाए पनि एमाले उपमहासचिव विष्णु रिमालले भने बजाउँदै भित्र प्रवेश गरे ।

यस्तै एमाले नेता तथा कानुनमन्त्री पदम गिरीले पनि घण्टी बजाएर प्रवेश गरे । अन्य उपस्थित सबै नेताहरूले घन्टी बजाएर प्रवेश गर्दा ओलीले त्यसलाई अस्वीकार गरिदिए ।

गाँजा र अन्य विभिन्न नेपाली मौलिक उत्पादनका स्टल अवलोकनका क्रममा ओलीले गाँजाका कपडा बनाउने तान चलाए । उनले केही बेर तान चलाउँदै कपडासमेत बनाउने काम गरे ।

वर्तमान सत्ता गठबन्धनमा रास्वपा सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डसँग भन्दा ओलीसँग निकट छन् ।

गाँजाका कपडाको स्टल राखेका व्यवसायी प्रदीप कार्कीका अनुसार गाँजाका कपडा बुन्ने तान त्यहीँ राखिएको हो । उनले त्यहीँ तानबाट कपडा बुनेर आगन्तुक पाहुनालाई देखाएका थिए । ओलीले पनि त्यही तानमा कपडा बुने ।

नेपालमा तानबाट ऊन, गाँजा, अल्लो र कपाससहितका धागोबाट राडीपाखी, बख्खु, पटुका, कोटलगायत सामग्री बनाउने गरिएको छ ।

 

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ५ : ०७ बजे

थाई एशियाको भैरहवा-बैंकक उडान सुरु

भैरहवा– थाई एशिया एयरले बैंकक-भैरहवा-बैंकक उडान आजदेखि पुनः सुरु गरेको

खगेन्द्र र गणपतिलालको शपथ रोकियो, बब्लु र सुधामात्रै मन्त्री बन्दै

काठमाडौं- एकपछि अनेक विवाद र गम्भीर काण्ड सार्वजनिक भएपछि खगेन्द्र

महाराजगञ्ज वृत्तका दुई प्रहरीको हत्या : अहिलेसम्म १० जना समातिए, चारजना जेल चलान

काठमाडौं- गत भदौ २४ गते जेन-जीका नाममा भएको विध्वंसक आन्दोलनका

ट्रम्पको उपस्थितिमा थाइल्यान्ड-कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर

क्वालालम्पुर– थाइल्यान्ड र कम्बोडियाले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा

उखु पेलेर पर्व खर्च जुटाउँदै महोत्तरीका किसान

महोत्तरी– यहाँका किसानले उखु पेलेर पर्व खर्च जुटाएका छन् ।