चियापानपछि लामिछानेले भने : २१ सिटले पनि राम्रोसँग सरकार चलाउने अवस्था देखियो « Khabarhub

चियापानपछि लामिछानेले भने : २१ सिटले पनि राम्रोसँग सरकार चलाउने अवस्था देखियो

जनताका अपेक्षा पूरा गर्न इमान्दार कोसिस गरिरहने


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय च:मतीमा चियापान कार्यक्रम आयोजना गरेकोछ ।

कार्यक्रममा कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू उपस्थित भए ।

चियापान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ढिलो पुगे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फर्किएपछि उनी पुगेका थिए ।

त्यसैगरी उद्योगी व्यवसायीहरू पनि रास्वपा केन्द्रीय कार्यालय चा:मती पुगेका थिए ।

चियापान कार्यक्रमपछि रास्वपा सभापति रवि लामिछानेले जनताको अपेक्षा पूरा गर्नका लागि इमान्दार कोसिस गरिरहने बताए ।

२१ सिटले सरकारमा सहभागिता जनाउँदा निकै राम्रोसँग सरकार चलाउने अवस्था देखिएको पनि उल्लेख गरेका छन् ।

लामिछानेले अरु पार्टी र आफ्नो पार्टीको फरक भएको आधार तयार भए पनि वास्तविक रुपमा जनतामाझ देखाउन बाँकी रहेको धारणा चियापानपछि पत्रकारहरूसँग राखे ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ५ : ३९ बजे

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय